नवज्योति युवा क्लवकाे आयाेजनामा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न

नवज्योति युवा क्लवकाे आयाेजनामा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न

नेपाली महिलाहरूकाे महान पर्व हरितालिका तिजकाे अवसरमा रुपन्देहीको तिलाेत्तमा १ मा खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएकाे छ । शुक्रबार नवज्योति युवा क्लवकाे अायाेजनामा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न भएकाे हाे ।

कार्यक्रममा तिलाेत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चाैधरीले तिज पर्वमा चेतनामूलक सन्देशमूलक गीत गाउनु पनि विकास भएकाे बताएकी छन् । उनले पछिल्लो समय महिलाहरूले अधिकार के हाे भनेर बुझेका र पहिलेकाे तुलनामा महिलाहरू शिक्षित पनि भएकाे बताएकी हुन् ।

उपप्रमुख चाैधरीले तिज पर्वका नाममा जत्ति पनि विकृति भएका छन् तिनलाई तिजकै माध्यमबाट हटाउनुपर्ने बताएकी छन् । उनले विभिन्न समयमा भएका महिलाहरूकाे अान्दाेलनले पनि सार्थकता पाएसँगै महिलाहरु स्वतन्त्र हुन पाएकाे बताएकी हुन् ।

कार्यक्रममा तिलाेत्तमा नगरपालिका वडा नम्बर १ का वाड अध्यक्ष फर्सुराम गिरीले तिजलाई सबै महिलहरुले माैलिकतालाई बचाउँदै मनाउन अाग्रह गरे । त्यसतै वाड नम्बर २ का अध्यक्ष डिलबहादुर भट्टराईले तिज पर्वलाई सबै महिलाले सरल तरिकाले मनाउन अनुराेध गरेका छन् ।

खुल्ला मैदानमा सबै समूहले करिब एक घण्टाकाे समयावधिसम्म एकैपटक गायन र नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा मालिका टाेल विकास संस्था तिलाेत्तमा २ ले प्रथम स्थान प्राप्त गर्दै रू पाँच हजार र प्रमाणपत्र हात पारेकाे छ । यस्तै विवेकशील अामा समूह दाेस्राे बन्दै रु तीन हजार र प्रमाणपत्र हात परेकाे हाे । भने त्रिशक्ति पशुपति टाेल विकास संस्था तेस्रो बन्दै रु १५०० प्राप्त गर्न सफल भएकाे निर्णायक समिति संयाेजक इन्दिरा अर्यालले जानकारी दिइन् ।

विभिन्न सात समूहकाे प्रतिष्पर्धा रहेकाे प्रतियोगितामा
नवदुर्गा अामा समूह र उत्साहित अामा समूह चाैथाे भएका हुन् । दिदीबहिनी समूह उत्कृष्ट नृत्य तथा लक्ष्मी मालिका भजन समूह उत्कृष्ट समावेशी सहभागिताका अाधारमा पुरस्कृत भएकाे निर्णायक समितिले जनाएको छ ।

क्लबका अध्यक्ष सुरज गाैतमकाे अध्यक्षता रहेका कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयाेजक सागर भट्टराईले स्वागत गरेका थिए ।

प्रकाशित मिति : आइतबार, भाद्र २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij