JanataToday.com

Advertisment

SKIP THIS

नवज्योति युवा क्लवकाे आयाेजनामा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न

नवज्योति युवा क्लवकाे आयाेजनामा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न

नेपाली महिलाहरूकाे महान पर्व हरितालिका तिजकाे अवसरमा रुपन्देहीको तिलाेत्तमा १ मा खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएकाे छ । शुक्रबार नवज्योति युवा क्लवकाे अायाेजनामा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न भएकाे हाे ।

कार्यक्रममा तिलाेत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चाैधरीले तिज पर्वमा चेतनामूलक सन्देशमूलक गीत गाउनु पनि विकास भएकाे बताएकी छन् । उनले पछिल्लो समय महिलाहरूले अधिकार के हाे भनेर बुझेका र पहिलेकाे तुलनामा महिलाहरू शिक्षित पनि भएकाे बताएकी हुन् ।

उपप्रमुख चाैधरीले तिज पर्वका नाममा जत्ति पनि विकृति भएका छन् तिनलाई तिजकै माध्यमबाट हटाउनुपर्ने बताएकी छन् । उनले विभिन्न समयमा भएका महिलाहरूकाे अान्दाेलनले पनि सार्थकता पाएसँगै महिलाहरु स्वतन्त्र हुन पाएकाे बताएकी हुन् ।

कार्यक्रममा तिलाेत्तमा नगरपालिका वडा नम्बर १ का वाड अध्यक्ष फर्सुराम गिरीले तिजलाई सबै महिलहरुले माैलिकतालाई बचाउँदै मनाउन अाग्रह गरे । त्यसतै वाड नम्बर २ का अध्यक्ष डिलबहादुर भट्टराईले तिज पर्वलाई सबै महिलाले सरल तरिकाले मनाउन अनुराेध गरेका छन् ।

खुल्ला मैदानमा सबै समूहले करिब एक घण्टाकाे समयावधिसम्म एकैपटक गायन र नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा मालिका टाेल विकास संस्था तिलाेत्तमा २ ले प्रथम स्थान प्राप्त गर्दै रू पाँच हजार र प्रमाणपत्र हात पारेकाे छ । यस्तै विवेकशील अामा समूह दाेस्राे बन्दै रु तीन हजार र प्रमाणपत्र हात परेकाे हाे । भने त्रिशक्ति पशुपति टाेल विकास संस्था तेस्रो बन्दै रु १५०० प्राप्त गर्न सफल भएकाे निर्णायक समिति संयाेजक इन्दिरा अर्यालले जानकारी दिइन् ।

विभिन्न सात समूहकाे प्रतिष्पर्धा रहेकाे प्रतियोगितामा
नवदुर्गा अामा समूह र उत्साहित अामा समूह चाैथाे भएका हुन् । दिदीबहिनी समूह उत्कृष्ट नृत्य तथा लक्ष्मी मालिका भजन समूह उत्कृष्ट समावेशी सहभागिताका अाधारमा पुरस्कृत भएकाे निर्णायक समितिले जनाएको छ ।

क्लबका अध्यक्ष सुरज गाैतमकाे अध्यक्षता रहेका कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयाेजक सागर भट्टराईले स्वागत गरेका थिए ।

प्रकाशित मिति : आइतबार, भाद्र २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij