सहकारी प्रकरण : प्रतिवेदन तयार गर्नुअघि संसदीय छानविन विशेष समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने

सहकारी प्रकरण : प्रतिवेदन तयार गर्नुअघि संसदीय छानविन विशेष समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौं : सहकारी प्रकरणको प्रतिवेदन टुंग्याउनुअघि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने तय भएको छ।

 

 

साँझ पाँच बजे प्रधानमन्त्रीसँग छलफल तय भएको समिति सदस्य लेखनाथ दाहालले बताए। हिजोबाट समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ। प्रधानमन्त्रीसँगको छलफलपछि  समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ।

हिजो मात्रै समितिले गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र पहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो। भदौ ३१ गतेभित्रै प्रतिवेदन संसदमा बुझाउने तयारी समितिले गरेको छ।

भदौ १५ गतेसम्म समय पाएको समितिले तथ्यहरूको थप पुष्टि र पुनर्पुष्टि समेतका कार्य गर्न समय अपर्याप्त भएको भनी समय माग गरेपछि १४ दिन थप गरिएको थियो। समितिले पाएको समय भोलि सकिँदैछ।

 

प्रकाशित मिति : शनिबार, भाद्र २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij