रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं तीन मा ने क पा एमाले का युवा नेता नेपाली काँग्रेस पार्टीमा प्रबेश भएका छन् ।
स्थानीय नेपाली काँग्रेसका नेताहरुको नेतृत्वमा उनिहरु आज नेपाली काँग्रेस तिलोत्तमा वडा नं तीन को कार्यलय सृजना चोकमा वडा समितीको कार्यालयमा आयोजित कार्यक्रममा प्रबेश भएका हुन् ।
नेपाली काँग्रेसका जिल्ला सभापति रामकृष्ण खांण,नेपाली काँग्रेसका महासमिति सदस्य चित्र ब के सी, महाधिवेशन प्रतिनिधी चिरन्जीवी पौडेल लगायतले खादा, अबिर र सदस्यता वितरण गर्दै स्वागत गरेका छन् ।
नव प्रबेशीहरुलाई स्वागत गर्दै प्रमुख अतिथि एवं सभापति खाँणले अबसरको खोजिमा रहेका युवालाई चुनावमा झण्डा बोकाउने तर पाटीमा जिम्मेवारी नदिने परिपाटी का कारण पाटिमा निराशाजनक अबस्था आएको हुनाले आगामी दिनहरुमा यसलाई सुधार गर्दै लैजाने बताउनुभयो। “अबको देश बिकास र युवाहरुको संरक्षणमा काँग्रेस पार्टीले गर्ने छ उहाँले भन्नुभएको छ।
मन्तव्यको क्रममा महासमिति सदस्य चित्र ब के सी ले नब प्रबेशीहरुलाई उचित मुल्यांकन सहित जिम्मेवारी समेत दिँदै आगामी दिनमा सरसल्लाहमा कसरी त्यस भेगको बिकास गर्ने भनेंर एक भएर लाग्न सुझाव दिनुभयो ।
नव प्रबेशी सुरज थापाले हिजो चुनावका बेला कम्युनिस्टले दिएको त्यो लोभलाग्दो आशा कुनैपनी पुरा नगरेको र आफ्ना आसेपासेले मात्रै कमाउने भाँडा बनाएकोले अब कहिल्यै नफर्किने गरि पार्टी त्यागेको बताए ।नेपाली काँग्रेस पार्टीमा प्रबेश गर्नेमा सुरज थापा, राम ब थापा र क्याप्टेन सूर्य ब राना रहेका छन् ।
नेपाली काँग्रेसका वडा अध्यक्ष केशरी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पदम पौडेलले स्वागत मन्तव्य तथा कार्यक्रमको
संचालन, सचिव दिनेश मणी सुबेदीले गर्नुभएको थियो
प्रकाशित मिति : आइतबार, असोज ६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्