‘संसदीय राजनीतिमा लैंगिक सहभागिता’ माथि बुटवलमा अन्तरक्रिया

‘संसदीय राजनीतिमा लैंगिक सहभागिता’ माथि बुटवलमा अन्तरक्रिया

बुटवल -संविधान सभा सदस्य  विन्दा पाण्डेको पुस्तक ‘संसदीय राजनीतिमा लैंगिक सहभागिता’ माथि बुटवलमा अन्तरक्रिया गरिएको छ।
सन्चारिका समुह लुम्बिनी प्रदेशको आयोजनामा मंगलबार अन्तरक्रिया गरिएको हो।

नेपालको संसदीय राजनीतिमा विगतदेखि हालसम्मका महिलाको सहभागितालाई समेटिएकाे पुस्तकको  समिक्षा लेखक दल बहादुर गुरुङले गर्नुभएको हो।  नेपाली संसदीय राजनीतिमा महिलाले खेलेको भूमिका र भोगेको चूनौति देखाउँदै इतिहास, वर्तमान, भविष्यको मार्ग निर्दिशष्ट गरेको बताउनुभयो ।

संसदीय राजनीतिमा महिलाले हाँसिल गरेको उपलब्धि, कार्यान्वयनमा भएका समस्या र इतिहास पुस्तकमा उतारिएको  गुरुङले  बताउनुभयो ।

कार्यक्रममा  लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती घिमिरेले महिलाको लागि जति आवाज उठाएपनि कार्यान्वयन नगरिने बताउनुभयो ।

लुम्बिनी प्रदेश सांसद जमुना ढकालले जसलाई आवश्यक हो उसले नै आवाज नउठाएसम्म उपलब्धि नहुने धारणा राख्नुभयो ।

लेखक पाण्डेले महिला आन्दोलनकै शिलशिलास्वरूप यो पुस्तक प्रकाशनमा ल्याएको बताउनुभयो । आफू पहिलो संविधानसभामा रहेर महिला सहभागिताका लागि काम गर्दा आफ्नै पार्टी र पार्टीका सांसदहरूसँग संघर्ष गर्नुपरेको स्मरण गर्नुभयो  ।

पुस्तकले महिला सहभागिताको अवस्था दर्शाएको बताइन्। ‘नेतृत्वमा महिलाको अवस्था कस्तो छ भनेर देखाएको छ’, उहाको भनाइ थियो। हरेक पार्टीमा महिला सहभागिताबारे आवाज उठाउन उहाको आग्रह छ।

लेखक पाण्डेले समावेशिताको विषयमा पुस्तक तथ्यपरक रहेको बताउनुभयो।  कार्यकारी तहमा महिलाको सहभागिता निकै कम भएकाले बढाउनुपर्नेमा उहाको जोड छ।

कार्यक्रममा   लुम्बिनी प्रदेश निवर्तमान सांसद दिपा बिक, थानकुमारी थापा ,बुटवल उपमहानगरपालिका निवर्तमान उपप्रमुख गोमादेवी आचार्य ,लेखक ऋषि आजाद,  लेखक मणिकर कार्की , लेखक माधव पौडेल , पुस्तक तथा स्टेसनरी व्यवसायी माधव गौतम , लता खडका, ज्ञानु केसी , विष्णु  केसी  लगायतले पुस्तकमाथि समीक्षा गरेका छन् ।
कार्यक्रमको सहजीकरण संचारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले गर्नुभएको हो।
पुस्तकमा नेपालको संसदीय राजनीति र महिला सहभागिता, संविधानसभा गठनदेखि संविधान घोषणासम्मकाबारेमा उतारिएको छ।
सांग्रिला बुक्सले प्रकाशनले गरेको पुस्तक ३ साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकको १७७ पृष्ठ लामो छ। पाण्डेको यो सातौं कृति हो। यो भन्दा पहिले ‘धर्तीमाथिको दाबी’, ‘समानताका पाइलाहरु’, ‘विमेन इन नेपाली पोलिटिक्स’, ‘नेपाली श्रमिक महिला आन्दोलनमा महिला सहभागिता’ लगायतका पुस्तका प्रकाशित छन्।

प्रकाशित मिति : मंगलबार, असोज ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij