नुहाउन गएका ३ बालिकाको राप्ती नदीमा डुबेर मृत्यु

नुहाउन गएका ३ बालिकाको राप्ती नदीमा डुबेर मृत्यु

दाङ- दाङमा नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका -२ रनियाँपुरका नदीमा नुहाउने क्रममा तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको हो ।

लमही नगरपालिका -२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा-४ खडकपुर हाल लमही नगरपालिका -५ लमही गल्ली बस्ने वर्ष १२ कि कृष्टी चौधरीको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

प्रहरीका अनुसार मृतक कृष्टी चौधरी कक्षा ८ मा, झरना चौधरी कक्षा ४ र निशा कक्षा ६ मा पढ्ने विद्यार्थी हुन् । मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij