तिहारअन्तर्गत आज कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

तिहारअन्तर्गत आज कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाण्डौ – यमपञ्चक अर्थात् तिहारअन्तर्गत औँसीको दिन आज कुनै पर्व नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा हिजो नै गरिएको छ । हिजो बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिएको हो ।

काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहरबजार झिलिमिली भएका छन् । उज्यालोको पर्वसमेत मानिने तिहारमा घर तथा कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका छन् । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा भोलि शनिवार परेको समितिले जनाएको छ ।

आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

पाँच दिनमा सकिने तिहार यसवर्ष छ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मङ्गलवार शुरु भएको थियो । यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन पर्सि १८ गते भाइटिका छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij