लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामा र जजिरा एयरवेज सिइओ बराथनबिच भेटवार्ता

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामा र जजिरा एयरवेज सिइओ बराथनबिच भेटवार्ता

कार्तिक – लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) संग जजिरा एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बराथन पशुपतिले लुम्बिनीमा भेटवार्ता गरेका छन् । भेटवार्तामा  हवाई माध्यमबाट भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा हवाइ माध्यमबाट पर्यटक ल्याउने बिषयमा छलफल भएको छ ।

उपाध्यक्ष लामाले भैरहवास्थीत गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेकोमा एयरवेजलाई धन्यवाद दिनुभयो । पशुपतिले संसारभरका बौद्धमार्गीहरुलाई सहुलियत दरमा लुम्बिनी ल्याउन सक्दो पर्यत्न गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले उडान सुचारु हुनु सकारात्मक भएको भए पनि नियममित उडानका लागि वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम र स्वास्थ्य परिक्षण जस्ता आवश्यक सुविधाहरु भैरहवाबाट उपलब्ध गराउन पहल गरिदिन आग्रह गर्नु भयो ।

भेटवार्तामा सहभागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले यथासिघ्र बैदेशिक रोजगारीमा जानेहरुका लागि आश्यक सम्पूर्ण सुविधाहरु उपलब्ध गराउने बिषय पहल भइरहेको जानकारी दिनु भयो । भेटमा जजिरा एयरवेज नेपाल प्रतिनिधि, रुपन्देहीका सुरक्षा प्रमुखहरु र एयरवेजका कार्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : शनिबार, कार्तिक २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij