JanataToday.com

Advertisment

SKIP THIS

जापानमा सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचित

जापानमा सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचित

जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी० का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

जापानको संसद्मा हिजो भएको मतदानमा उहाँले विपक्षी नेता योसिहिको नोडालाई पराजित गर्दै बहुमत प्राप्त गर्नुभएको बीबीसीले जनाएको छ । इसिबाले हिजोको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिनुभएको थियो । त्यसको केही घण्टापछि संसद्मा मतदान भएको हो ।

गएको अक्टुबरमा भएको मतदानमा इसिबाको पार्टी एलडीपीले र उसको साझेदार कोमेटोले संसद्मा बहुमत गुमाएको थियो । चार सय ६५ सदस्यीय संसद्मा एलडीपी–कोमेटो गठबन्धनले दुई सय १५ सिट मात्र ल्याएको थियो । तर, कुनै पनि नेताले प्रधानमन्त्री बन्न संसद्मा आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि संसदको विशेष अधिवेशनबाट उहाँ प्रधानमन्त्रीमा चयन हुनुभएको हो ।

उहाँले अब आफ्नो पार्टीभित्रको मतभेदसँगै देशको आर्थिक सङ्कट व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्न सबैको सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभएको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij