काठमाण्डाै – बुटवलको तिनाउ पुलमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । नयाँगाउँबाट बिरामी लिएर बुटवलतर्फ गुडिरहेको जीप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।
दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उहाँकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपानेकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
गौरी खनाललाई दमले च्यापेपछि प्रादेशिक अस्पताल बुटवल पुर्याउने क्रममा बाटोमै जीप पल्टिएको हो ।
प्रकाशित मिति : शनिबार, मंसिर २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्