विद्यालय स्तरीय लोकदोहोरी प्रतियोगितामा कालिका र भजन चुट्कामा पाल्पा प्रथम

विद्यालय स्तरीय लोकदोहोरी प्रतियोगितामा कालिका र भजन चुट्कामा पाल्पा प्रथम

बुटवलमा सञ्चालन भईरहेको औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकदोहोरी गित प्रतियोगितामा बुटवलको कालिका मावन ज्ञान माध्यमिक विद्यालयको समुह प्रथम भएको छ । आईतबार भएको फाईनल प्रतिस्पर्धामा जगन्नाथ माध्यमिक विद्यालय सुनवलको समुहलाई पछि पार्दै कालिका मानव ज्ञानको समुह प्रथम भएको हो ।
त्यसैगरी जगन्नाथ माध्यमिक विद्यालय विद्यालय द्वितीय भएको छ । बुटवलको न्यू होराईजन तृतीय र एपेक्स बोर्डिङ सान्त्वना भएका छन् । प्रतियोगितामा १२ विद्यालय सहभागि भएका थिए । प्रतियोगितामा प्रथम हुने कालिका मानव ज्ञान माध्यमिक विद्यालयको समुहलाई १५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यसैगरी द्वितीय हुने जगन्नाथ माध्यमिक विद्यालयको समुहलाई १० हजार, तृतीय हुने न्यू होराईजनको समुहलाई लाई ५ हजार र सान्त्वना एपेक्सको समुहलाई ३ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।
आईतबार नै फाईनल प्रतियोगिता भएको भजन चुट्का प्रतियोगितामा राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान पाल्पा (नारी समुह) प्रथम भएको छ । प्रतियोगितामा प्रथम हुने उक्त समुहलाई २० हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । त्यसैगरी ताली भजन किर्तन समुह सैनामैना द्वितीय, राष्ट्रिय लोक भजन चुट्का प्रतिष्ठान सुनवल तृतीय र आकाशदेवी भजन समुह सैनामैना सान्त्वना भएका छन् ।
प्रतियोगितामा द्वितीय हुने ताली भजन किर्तन समुह सैनामैनाको समुहलाई १२ हजार, तृतीय हुने राष्ट्रिय लोक भजन चुट्का प्रतिष्ठान सुनवलको समुहलाई ८ हजार र सान्त्वना हुने आकाशदेवी भजन समुह सैनामैनाको समुहलाई ५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको सांस्कृतिक कार्यक्रम संयोजक मेला कार्यसम्पादन समितिका सदस्य निर्मित कसजूले जानकारी गराउनु भयो ।
मेलामा आईतबार पनि दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला कार्यसम्पादन समितिका सदस्य सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो । आईतबार मेलामा लोक तथा दोहोरी गायक पुस्कल शर्मा, प्रकाशराज दुतराज, लक्ष्मी बस्नेत, रेनु राना, उज्ज्वल गिरी, डान्सर अस्मी सुनामको प्रस्तुती रह्यो ।
त्यसैगरी सोमबार लोक तथा दोहोरी गायक बमबहादुर कार्की, बद्रि पंगेनी, आशा विसी, तेजु अर्याल, दुर्गा नेपाल, विष्णु सिंजाली मगर, डान्सर ललिता पाईजा मगरको प्रस्तुती रहने पनि सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो ।

प्रकाशित मिति : आइतबार, पुष ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij