‘मेलामा प्रायोजकहरुको भूमिका महत्वपूर्ण’

‘मेलामा प्रायोजकहरुको भूमिका महत्वपूर्ण’

बुटवलमा यही पुस ३ गतेदेखि संचालनमा आएको औधोगिक व्यापार मेला सफल बनाउन सरकारी निकायसँगै बिभिन्न कम्पनी, बैंक तथा बित्तीय संस्थाहरुले प्रायोजन गरेका छन् । मेला सफल बनाउन सौजन्यदाताहरुको भुमिका मत्वपूर्ण रहेको बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।

बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ संरक्षक रहेको औधोगिक व्यापार मेला बुटवल–२०८१ मा एशियन थाई फुड्स प्रा.लि.ले मुख्य प्रायोजक र राष्ट्रिय बाणिज्य बैंक लिमिटेड सहप्रायोजकको रुपमा सहयोग गरेको बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका महासचिव तथा मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले बताउनु भयो ।

त्यस्तै तिलोत्तमा नगरपालिकाले व्यूटी फेयर कार्यक्रम प्रायोजन गरेको छ । एशोदा फुड्स प्रा.लिले टिकट प्रायोजक गरेको छ भने ग्लोबल आई.एम.ई.बैंक लिमिटेड, नबिल बैंक लिमिटड, सिद्धार्थ बैंक लि. र लुम्बिनी केबल कार ले ब्यानर सौजन्य गरेको मेला प्रचार प्रसार उपसमितिका संयोजक दीपक चापागाइले जानकारी दिनुभयो ।

मेलामा जेनस मोर्टस प्रा.लि मुख्य सास्कृतिक कार्यक्रम प्रायोजन गरेकोछ भने डर्मा स्र्टोस नेपाल प्रा.लि ले सास्कृतिक कार्यक्रम इभेन्ट प्रायोजन गरेको सांस्कृतिक उपसमिति संयोजक निर्मित कसजुले बताउनुभयो । दुगड स्पाइसेज एण्ड फुड प्रोडक्टस प्रा.लि मुख्य प्रबेशद्वार सौजन्य गरेको छ भने सिजि फुड्स (नेपाल) लि.ले बौद्ध स्तुपा सौजन्य गरेको छ ।

त्यस्तै करियर प्लानिङ्ग एजुकेशन नेटवर्क प्रा.लि. इभेन्ट प्रायोजक रहेको मेलाको बैकिङ्ग पार्टनरमा साइन रेसुङ्गा डेभल्पमेण्ट बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेड रहेका छन भने कृषि बिकास बैंक लिमिटेड र एक्सपर्ट नेपाल भिसा सर्भिसेज प्रा.लि प्रवद्र्धकको रुपमा रहेर सहयोग गरेको बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष बिमलराज भट्टराईले जानकारी दिनुभयो ।

मेलामा अरिहन्त इन्फ्रास्टक्चर लिमिटेडले भ्वाइस अफ बुटवलको प्रायोजन गरेको छ भने साईकृपा चिया प्याकेजिङ्ग उद्योग र नेपाल सेरामिक इण्डष्ट्रिज प्रा.लि पेभिलियन सौजन्य, सिद्धि बिनायक गु्रपअफ इण्डष्ट्रिज रेष्टुरेन्ट पेभिलियन तथा टिकटक प्रायोजन गरेका छन् ।

प्रोफाउण्ड आइटि सप्लार्यसले सि.सि क्यामरा सौजन्य गरेको छ भने सि एण्ड एच बेभरेज इण्डष्ट्रिज बुटवलले खानेपानी, ब्रोड व्याण्ड नेपाल प्रा.लि इन्टरनेट सेवा,फायर फिसटेल सप्लार्यसले अग्नी सुरक्षा उपकरण सौजन्य, पाथवे एजुकेशन प्रा.लि.ले टिकटक सेल्फीजोन, भगवती देबी ट्रेडिङ्ग हाउसले बुटवल सेल्फीजोन आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बीमा पार्टनर, टुना टेक्नोलोजी डिजिटल पार्टनर, धनबर्षा इण्डष्ट्रिज एण्ड बायोटेक्नोलाजीप्रा.लि, लुम्बिनी सेरामिक्स लिमिटेड र नेपाल बीमा प्राधिकरण प्रर्दशक प्रोफाइल बिज्ञापन, नेपाल टेलिकम संचार सेवा, ब्रोड व्याण्ड नेपाल प्रा.लि.ले इन्टरनेट सेवा, फायर फिसटेल सप्लायर्स अग्नी सुरक्षा उपकरण, पाथवे एजुकेशन प्रा.लि. टिकटक सेल्फीजोन, भगवती देवी ट्रेडिङ हाउसले बुटवल सेल्फी जोनको प्रायोजन गरेको मेला सचिवालयले जानकारी गराएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij