बुटवल-बुटवलको औद्योगिक व्यापार मेलामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । मेलामा मंगलबार जेष्ठ नागरिक मिलन केन्द्र रुपन्देही, तिलोत्तमा ४ श्रीङ्गेश्वर धामका ४१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिक मिलन केन्द्रबाट आएका जेष्ठ नागरिकलाई सम्मान गर्दै मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेलामा जेष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा आफूहरुलाई पनि सन्तुष्टि मिलेको बताउनु भयो ।
उहाँले सम्मानले जेष्ठ नागरिकमा पनि आत्मसम्मान हुने र प्राप्त भएको आत्मसम्माले उहाँहरुको दीर्घजीवन बनाउन मद्धत गर्ने भएकाले नौलो अभ्यासको थालनी गरिएको बताउँदै आगामी दिनमा यसको दायरा अझै फराकिलो बनाईने भनाई राख्नुभयो ।
कार्यक्रममा जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले मिलन केन्द्रमा दिवा सेवा प्रदान गरिएको बताउँदै त्यसमा गराईने योग, ध्यान लगायतका क्रियाकलापले जेष्ठ नागरिकको स्वस्थ्य जीवन र दीर्घायुको लागि सकारात्मक भएको बताउनु भयो ।
त्यसैगरी जेष्ठ नागरिक ९२ वर्षीय तुलसीराम पौडेल र ८१ वर्षीय मिना थापाले आफूहरु एकै उमेर समुहका मानिसलाई मिलन केन्द्रमा योग, ध्यान तथा आपसमा भलाकुसारी गर्ने अवसर प्राप्त हुँदा एक प्रकारको सन्तुष्टि मिलेको र मेलामा गरिएको सम्मानले आत्मसम्मानका साथै हौसला मिलेको भनाई राख्नुभएको थियो । त्यस अवसरमा संघका वरिष्ठ उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका सहसंयोजक टंकप्रसाद गैरे तथा मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले भनाई राख्नुभएको थियो ।
‘लगानी लुम्बिनीमा ः समृद्धि देशमा’ भन्ने मुल नारा सहित बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा यहि पुसको ३ देखि सञ्चालित औद्योगिक व्यापार मेला १८ गतेसम्म चल्नेछ ।
मेलामा आज मंगलबार लोक तथा दोहोरी गायिका रीता थापा, खुमन अधिकारी, घनश्याम रिजाल, अर्जुन खड्का, नवराज पाण्डे, शिव खनाल, वर्षा थापा, मधु परियार, आधुनिक गायक अनिल पहाडी लगायतका कलाकारहरुको प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो । त्यसैगरी डान्स च्याम्स अफ बुटवल र खुला लोक तथा दोहोरी गित प्रतियोगिता भएका छन् ।
भोली बुधबार आधुनिक गायिका देवीका बन्दना, अस्मिता अधिकारी, आधुनिक गायक महेश काफ्ले, लोक तथा दोहोरी गायिका राधिका हमाल, राजु ढकाल, पूर्णकला विसी, श्यामकला भण्डारी, दुर्गा सापकोटा, रितु शाही, बसन्ता खनाल, हास्य कलाकार पुरुषोत्तम भण्डारी लगायतका कलाकारहरुको प्रस्तुती रहने छ । त्यसैगरी बुधबार फाईनल हुन बाँकी रहेका प्रतियोगिताहरुको फाईनल हुनेछ । मेलामा बुधबार खुल्ला लोक तथा दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, डान्स च्याम्स अफ बुटवल र टिकटक प्रतियोगिताको फाईनल हुने प्रचार प्रसार समितिका संयोजक दीपक चापागाईले जानकारी गराउनु भयो । मेला १८ गते बिहिबार सकिने छ ।
प्रकाशित मिति : मंगलबार, पुष १६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्