JanataToday.com

Advertisment

SKIP THIS

–इन्डो–नेपाल रनिङ शिल्ड

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरू

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरू

काठमाण्डौ –इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बुटवलको रामनगर खेल मैदानमा हुने प्रतियोगिताको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गजरात स्टेट भलिबल एसोसियशन, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र गरी आठ टोली सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रथमले ७ लाख, द्वितीयले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वनाले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको १६औं स्थापना दिवसको अवसरमा काठमाण्डौ बाहिर पहिलोपल्ट आयोजना हुन लागेको सर्वाधिक राशिको भलिबल प्रतियोगिताको पहिलो चरणमा टिकट दर तीन सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : बुधबार, पुष १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij