न्यूयोर्क : अमेरिकाका उत्कृष्ट विश्वविद्यालयहरूले विदेशी विद्यार्थीहरूलाई जनवरी २० तारिखअघि फर्किसक्न सूचना जारी गरेका छन्।
जाडो बिदा र नयाँ वर्षमा आफ्नो देश गएका विदेशी विद्यार्थीलाई अमेरिका फर्किसक्न १५ भन्दा बढी विश्वविद्यालयले सूचना जारी गरेका हुन्। डोनल्ड ट्रम्पले २० जनवरीमा राष्ट्रपतिको शपथ लिँदै छन्।
ट्रम्पको पहिलो कार्यकालमा कैयौँ मुस्लिम बाहुल्य देशका नागरिकलाई विमानस्थलबाटै फर्काइदिएका थिए।
हार्भर्ड विश्वविद्यालय, ब्राउन विश्वविद्यालय, नर्थइस्टर्न विश्वविद्यालय, म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलजी (MIT), जन्स हपकिन्स विश्वविद्यालय, यूनिभर्सिटी अफ सदर्न क्यालिफोर्निया र कर्नेल विश्वविद्यालयले आफ्ना विदेशी विद्यार्थीलाई यस्तो सल्लाह दिएका छन्।
भेस्लेयन विश्वविद्यालय, यूनिभर्सिटी अफ क्यालिफोर्निया (UC) बर्कले, यूनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जल्स (UCLA), येल विश्वविद्यालयले पनि यस्तै सूचना जारी गरेका छन्।
उनीहरूले अध्यागमन नीतिमा आकस्मिक परिवर्तन हुने सम्भावना देखाएका छन्। कर्नेल विश्वविद्यालयले २०१७ मा यात्रा प्रतिबन्ध लगाएका देशका विद्यार्थीलाई जनवरी २० तारिखअघि अमेरिका फर्कने सल्लाह दिएको छ।
डोनल्ड ट्रम्पले सन् २०१७ मा शुरुमा ७ वटा मुस्लिम बहुल देशमा यात्रा प्रतिबन्ध लगाएका थिए। यो नियम नाइजेरिया र इरिट्रिया सहित १५ देशमा उक्त प्रतिबन्धको नियम लागू भएको थियो। यसै नीतिअनुसार ४० हजारभन्दा बढी भिसा आवेदन अस्वीकार गरिएको थियो।
प्रकाशित मिति : बुधबार, पुष १७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्