काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले तराईका धेरैजसो ठाउँमा दिउँसोसम्मै हुस्सु कुहिरो लागिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
तराईको हुस्सु, कुहिरो र शीतलहरबारे आज विशेष बुलेटिन निकालेर महाशाखाले विगत केही दिनदेखि तराईका धेरै ठाउँहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेको र केही ठाउँहरूमा दिउँसोसमेत घाम नलागेका कारण तापक्रम घट्दा चिसो निकै बढेको जनाएको छ । जसका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव परेको र त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
कोशी, मधेश, बाग्मती, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा कुहिरो लागिरहेको छ । यी क्षेत्रको कुहिरो र हुस्सु बेलुका ४ बजेपछि हट्दै जाने बुलेटिनमा उल्लेख छ । १ किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र १ देखि ५ किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ ।
प्रकाशित मिति : बिहिबार, पुष १८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्