लक्ष्मी स्टिल उद्योगमा काम गर्ने मजदुरको क्रेनको चक्कामा परी मृत्यु

लक्ष्मी स्टिल उद्योगमा काम गर्ने मजदुरको क्रेनको चक्कामा परी मृत्यु

सुनवल-नवलपरासीस्थित सुनवल नगरपालिकामा रहेको लक्ष्मी स्टिल उद्योगमा काम गर्ने मजदुरको क्रेनको चक्कामा परी मृत्यु भएको छ ।

काम गरिरहेका बेला चप्पल चिप्लिएर सामान ओसारपसार गरिरहेको क्रेनको चक्कामा परी रुपन्देहीका २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो।

फ्याक्ट्रीभित्र काम गरिरहेको अवस्थामा अचानक चप्पल चिप्लन गई लड्दा सोही फ्याक्ट्रीको सामान ओसारपोसार गर्दै गरेको लु १ क ३००१ नम्बरको क्रेनको चक्कामा परेर गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नवलपरासीपश्चिमका प्रहरी प्रवक्ता रेशम बोहराले जानकारी दिए।

उक्त दुर्घटनापछि क्रेनका मालिकलाई नियन्त्रणमा लिइएको र चालक फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : बिहिबार, पुष १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij