बुटवल,बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा आयोजक मदन भण्डारी भलिबल क्लबले पहिलो जित निकालेको छ । बुटवल उपमहानगरपालिका वडा नं। १० स्थित रामनगर खेल मैदानमा शुक्रबार भएको खेलमा रुकुम पश्चिम भलिबल क्लबलाई ३–० को सेटमा पराजित गरेको हो ।
एकतर्फी खेलको पहिलो सेट मदनभण्डारीले २५–१९ को अंकका साथ जित निकालेको थियो । दोस्रो सेटमा २५–१३ को फराकिलो अन्तरमा लगातार जित निकाल्यो । तेस्रो सेटमा खेलमा फर्किन खोजेको रुकुम पश्चिमलाई आयोजक मदन भण्डारीले २५–२३ को अंकमा रोक्दै जित निकाल्यो । मदन भण्डारी क्लब प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसंग पराजित भएको थियो ।
पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागीता रहेको छ । जसमा समुह ‘ए’ मा नेपाल पुलिस प्रहरी, मणिमुकुन्द भलिवल क्लब, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् भने समुह ‘बि’ मा नेपाल एपिएफ क्लब, नेपाल आर्मी, गल्कोट भलिवल क्लब, र गुजरात प्रदेश भलिवल एशोसियसन, भारत रहेका छन् ।
प्रकाशित मिति : शुक्रबार, पुष १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्