देशभरको मौसम

तराईमा अझै केही दिन हुस्सुसँगै चिसो स्याँठ चल्ने सम्भावना

तराईमा अझै केही दिन हुस्सुसँगै चिसो स्याँठ चल्ने सम्भावना

तराईमा अझै केही दिन हुस्सुसँगै चिसो स्याँठ चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावले हिजोदेखि नै मौसम बदली भएको हो । आज र भोलि पहाडी भेगमा सामान्य वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बेलुकीदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा तथा भोलि कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना छ ।

यस्तै आज बेलुकीदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा तथा भोलि कोशी, गण्डकी र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा पनि हल्का हिमपात हुने सम्भावना छ । वर्षा र हिमपातका कारण आज र भोलि चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ । पर्सि बुधवारदेखि मौसममा सुधार आउने मौसमविद मानन्धरले जानकारी दिनुभयो ।

यस्तै तराईमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर बनेको छ । दिनभर घाम नलागेर चिसो बढेपछि ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् । तराईमा अझै केही दिन हुस्सुसँगै चिसो स्याँठ चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, पुष २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij