बुटवल मजुवामा नवजात शिशु जलेर मृत्यु भएको अवस्थामा फेला

बुटवल मजुवामा नवजात शिशु जलेर मृत्यु भएको अवस्थामा फेला

बुटवल
बुटवल उपमहानगरपालिका–११ मा मृत अवस्थामा नवजात शिशु फेला परेकी छिन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार सोमबार विहान मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा फेला परेको हो ।

मृत अवस्थामा फेला परेकी नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिए पछि फालेको अवस्थामा भेटिएको प्रहरी प्रमुख पण्डितले बताए ।

‘हेर्दा नवजात शिशु पुरा महिना पुगेर नै जन्मिएको जस्तो देखिन्छ । राम्रै अवस्थामा जन्मिएकी शिशुलाई ५र७ दिन अघि फोहोरमा फालेको हुन सक्ने प्रारम्भिक अनुमान छ,’–उनले भने ।
फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत शिशुलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख पण्डितले बताए ।

 

प्रकाशित मिति : मंगलबार, पुष २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij