चीनमा आज बिहान गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ९५ जना पुगेको छ । नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा गएको भूकम्पमा परी अन्य एक सय ३० जना घाइते भएका स्थानीय मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भूकम्पका कारण सयौं घर भत्किएका छन् । यो भूकम्पको धक्का नेपाल, भारत र भुटानका विभिन्न ठाउँमा पनि महसूस भएको थियो । भूकम्पका कारण सिगात्से क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको खबरमा उल्लेख छ ।
चिनियाँ सेनाले उद्धार प्रयास शुरू गरेको र दुर्गम क्षेत्रमा मानवरहित ड्रोन पारिचालन गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले क्षति कम गर्नका लागि पूर्ण स्तरको खोज र उद्धार गर्न तथा प्रभावितहरूको पुनर्वासका लागि आह्वान गर्नुभएको छ ।
चिनियाँ समाचार संस्थाका अनुसार बिहान नेपाल–चीन सिमानामा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।
प्रकाशित मिति : मंगलबार, पुष २३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्