तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको नगरस्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिताको उपाधि शान्ति नमुना माध्यमिक विद्यालयले जितेको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबीच आयोजित प्रतियोगितामा जनज्योती मा.वि. लाई ३–१ को सेटमा हराउँदै शान्तिले उपाधी चुमेको हो ।
विजेता बनेको शान्तिले १९ हजार ९ सय ९९ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जनज्योती मा.वि.ले १५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ । यस्तै तृतीय भएको जनहित मा.वि.ले ११ हजार १ सय ११ रुपैया र चौथो भएको गीर्वाण संस्कृत तथा साधरण मा.वि.ले ७ हजार ७ सय ७७ रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक सतितिका संयोजक तथा शान्ति नमुना मा.वि.का प्रधानाध्यापक कुलप्रसाद लमिछानेले बताउनुभयो । शान्ति नमुना माध्यमिक विद्यालयका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, तिलोत्तमा खेलकुद समितिका अध्यक्ष लोक पुन, विद्यालयका सल्लाहकार टेक बहादुर थापा, समाजसेवी हरी प्रसाद काफ्ले, विद्यालयका सदस्यद्वय बुद्धिप्रसाद डुम्रे र चन्द्रकान्त खनाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । शान्ति नमुना माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालित सातौं संस्करणको प्रतियोगितामा १६ वटा समुहको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : शनिबार, पुष २७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्