मोतीपुर-लायन्स क्लव देउराली साकुराले आइतबार न्यानो कपडा वितरण गरेको छ । १४६औं मेलभिन जोन्सन डे को सप्ताहब्यापी सर्भिस अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको श्री जनशक्ति नमूना भिम प्रसाद गोमाता न्यौपाने आधारभुत विद्यालयमा नर्सरी र एलकेजीमा अध्ययनरत ८० विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरेको हो ।
कार्यक्रम क्लवका अध्यक्ष लक्ष्मी पराजुलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी लायन्स इन्टरनेस्नल ३२५ पि का नेपाल डिष्ट्रिक गभर्नर एम जे एफ पुरुषोत्तमभक्त प्रधानाङगाले बोल्दै यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा क्लवलाई धन्यवाद दिए उनले बालबालिकालाई अध्ययन गर्न सर्बप्रथम राम्रो वातावरण र न्युनतम आवश्यकताको परिपूर्ति गर्नु नै दायित्व भएको बताउदै अहिले राम्रो शिक्षा र वातावरण दिन सकियो भने मात्रै भोलिका दिनमा राम्रो प्रगती गर्न सक्ने भएकाले यस्ता सहयोगका कार्यक्रम महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा अध्यक्ष लक्ष्मी पराजुलीले बुटवल उपमहानगरमा अवस्थित भए पनि यस विद्यालयमा आवश्यकता महसुस गरेर आफुहरुले सक्दो सहयोग गरेको बताइन् ।
बालबालिकालाई उपलब्ध गराएको स्वीटरले चिसो मौसममा राहत पुगेको विद्यालयका प्रधानाध्यापक कल्पना भण्डारीले बताइन्।
कार्यक्रममा रिजोन चेयर प्रसन ज्ञान पैशाद पौडेल, निवतृमान अध्यक्ष सरिता पाण्डे ,विद्यालय व्यवस्थापन समिती अध्यक्ष टंक प्रसाद न्यौपाने कार्यक्रम संयोजक यसोदा पोखरेल, सेकेण्ड भिपी गिता पन्थी लगागतले बोलेका थिए ।
कार्यक्रम सचिव माया भटराई कोसंचालन सम्पन्न भएको हो । चिसोको समयमा बालबालिका न्यानो कपडा पाएसँगै खुसी भएका छन्।
प्रकाशित मिति : आइतबार, पुष २८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्