मोतिपुर-लायन्स क्लब बुटवल मुक्तिनाथ र लायन्स क्लब डाइनामिक लेडिजले सयुक्त जुत्ता वितरण गरेका छन । १४६औं मेलभिन जोन्सन डे को सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बुटवल उप- महानगरपालिका वडा नम्बर १७ मा अवस्थित श्री जनशक्ति नमुना भिम प्रसाद गौमाता न्यौपाने आधारभुत विधालयमा कक्षा १ देखि ६ सम्म अध्ययन गर्ने ८० जना विद्यार्थीलाई जुत्ता वितरण गरिएको कार्यक्रम संयोजक लक्ष्मण रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पिएमजेएफ लाइन्स बालाराम भट्टराईले सामाजिक कार्यमा सरिक हुँदा गर्व अनुभुती भएको बताउदै आर्थिक र न्यून अवस्थाका विपन्न वर्गका बालबालिकालाई जुत्ता वितरण गरेकोमा क्लवलाई धन्यवाद दिनुभयो । उहाँले आउने दिनमा पनि सामाजिक कार्य निरन्तरता दिन आग्रह समेत गर्नुभयो ।धेरै जस्तो विपन्न वर्गका अध्ययन गर्ने यस विद्यालयमा बालबालिका जुत्ता पाए संगै खुसी भएका छ्न ।
छवीलाल पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिस्ट अतिथी तथा कार्यक्रम संयोजक लायन्स डिष्ट्रिक एड्भाइजर लक्ष्मण रेग्मी , डिष्ट्रिक चिफ लायन्स रिता शर्मा ,एमजेएफ एरिया चिफ शान्ती पाठक पाण्डे ,रिजन चियर पर्सन लायन्स कृष्ण प्रसाद पाण्डे ,एम।जे।एफ जोन चियर पर्सन लायन्स राम प्रसाद वेलवासे ,क्लबका फस्ट भिपी लायन्स सान्ता न्यौपाने ,सेक्रेटरी लायन्स सरु थापा,क्लब सेकेण्ड भि पि लायन्स तारा प्रसाद पाण्डे ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद न्यौपाने , विद्यालयका प्र ।अ कल्पना भन्डारी ,सल्लाहकार भिम प्रसाद न्यौपाने ,लायन्स राजेश गौतम ,लायन्स पदम पौडेल ,लायन्स रामु भण्डारी,लायन्स सरु थापा लगाएतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : आइतबार, पुष २८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्