तिलोत्तमाको बेवरीमा माघी महोत्सव ः आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास

तिलोत्तमाको बेवरीमा माघी महोत्सव ः आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास

तिलोत्तमा-रुपन्देहीको तिलोत्तमा नगरपालिका बेवरीमा माघी महोत्सव गरिएको छ । बेवरी आदर्श टोल विकास संस्थाले माघे सक्रान्तिको अवसरमा स्थानीय विभिन्न जातजातीहरुको संस्कृतिको संरक्षण गरि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तिलोत्तमा वडा नं. १० स्थित बेवरी ग्रिनपार्कमा सक्रान्ति (माघी) महोत्सव गरिएको हो ।
त्यस अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकामा बहुजाती, बहुभाषी रहेको र उनीहरुका आफ्नै संस्कार, सस्कृति तथा रहनसहन रहेको बताउँदै उनीहरुको कला संस्कृति, उनीहरुको पहिचानसंग जोडिएका खानाका परिकारहरुको प्रवद्र्धन गर्ने र त्यसलाई ब्राण्डिङ गर्न सक्ने हो भने त्यसका माध्यमबाट पहिचानसंगै आर्थिक उपार्जन समेत गर्न सकिने बताउनु भयो । उहाँले यस्ता कार्यक्रमले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुको लागि स्थानीय जातजातीका कलासंस्कृति, उनीहरुका खानाका परिकार प्रवद्र्धनमा योगदान पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
त्यस अवसरमा माघी महोत्सव आयोजक संस्था बेवरी आदर्श टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर बरालले स्थानीय जातजाती, भाषाभाषी धर्म समुदायका कला संस्कृति, उनीहरुको पहिचानसंग जोडिएका खानाका परिकार प्रवद्र्धनका लागि माघी मेला आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताउँदै सबैसंग साथ सहयोगको लागि आग्रह गर्नुभयो ।
माघे सक्रान्तिको दिन मंगलबार एक दिन आयोजना गरिएको कार्यक्रममा त्यस क्षेत्रमा बाहुल्य रहेको थारु, मगर लगायतका जातजातीका पहिचान जोडिएका खानाका परिकार सहितका स्टल राखिएको थियो । त्यसैगरी ती समुदायका कला संस्कृतिसंग सम्बन्धित सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको कार्यक्रम संयोजक बिरेन्द्र कंडेलले जानकारी गराउनु भयो । त्यस अवसरमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहेको उहाँले बताउनु भयो ।
दर्शन युवा क्लव एवं टोल विकास सञ्चालको सहआयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दामोदर भुसाल, तिलोत्तमा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष गोपाल घिमिरे, वडा सदस्य बालकृष्ण लम्साल, बेवरी ग्रिन पार्कका अध्यक्ष दिलसिंह थापा लगायतले शुभकामना सहित आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, माघ १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij