रविलाई ६० लाख धरौटीमा छाड्न अदालतको आदेश

रविलाई ६० लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा छुट्ने भएका छन्।

 

 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाे अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार लामिछाने धरौटी बुझाउने तर्खरमा छन्। ‘हामी प्रशासन शाखामै छौं, उहाँहरू आइपुग्नुभएको छैन।’ सूचना अधिकारी चन्दले भने।

बुधबार रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए। उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए। दुई जनाको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो।

त्यस्तै, पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

यसअघि गत बिहीबार कास्की जिल्ला अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
 

प्रकाशित मिति : बुधबार, माघ २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij