तिलोत्तमा,
लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेशनको तेस्रो बैठक यही माघ ६ गते आइतबार बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले बिहीबार सूचना जारी गर्दै आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिए ।
आइतबार बस्ने तेस्रो बैठकमा प्रदेश सरकारको पुस ६ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भइ कार्यान्वयनमा रहेको लैंगिक समानता नीति–२०८१ को बारेमा जानकारी दिइनेछ । त्यस्तै दोस्रो बैठकमा छलफलका लागि पेश भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिव पुन मगरले बताए।
यसअघि प्रदेश सभाको दोस्रो बैठक पुस १७ गते बसेको थियो । दोस्रो बैठकले प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले सन्देशसहित फिर्ता पठाएका प्रदेश निजामती कर्मचारीसम्बन्धी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुबहु पारित गरेको थियो ।
पारित भएका दुवै विधेयक सभामुख तुलाराम घर्तीले प्रमाणित गरेर पुनः पुस १९ गते नै प्रदेश प्रमुख घर्तीसमक्ष पठाएका थिए । प्रदेश प्रमुख घर्तीले विधेयक प्रमाणीकरण गरेपछि प्रदेश सभाको तेस्रो बैठक बस्न थालेको हो । दुवै विधेयक पहिलोपटक प्रदेश सभाको चौथो अधिवेशनले २०८१ भदौ २७ र ३१ गते पारित गरेको थियो । प्रदेश प्रमुख घर्तीले सन्देशसहित असोज २२ गते फिर्ता पठाएपछि पुनः प्रदेश सभाको पाँचौं अधिवेशनको दोस्रो बैठकले हुबहु पारित गरेको थियो ।
प्रकाशित मिति : शुक्रबार, माघ ४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्