लुम्बिनी – लुम्बिनी विकास कोषले देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन शुरु गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरुको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदहबाट सञ्चालन गरिने भएको हो ।
देवदह शितलनगरबाट मणिग्राम, भैरहवा बेलहिया एयरपोर्ट हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा विजुली बस सञ्चालन गर्न लागिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए । उनका अनुसार हप्ताको तीन दिन देवदह र ३ दिन बुद्धको अस्तीधातु रहेको रामग्रामबाट विजुली बस सञ्चालन गर्ने गरी नयाँ रुट बनाइएको हो ।
कोषाध्यक्ष भट्टराईले कोषले बहत्तर लुम्बिनी क्षेत्रको तीर्थयात्रुलाई सेवा दिने गरी विजुली गाडी ल्याइएको बताउँदै अहिले दानपेटिका राखेर सञ्चालन गरिएको बताए । उनले रामग्राम, देवदह र पण्डितपुर जस्ता ऐतिहासिक पुरातात्विक क्षेत्रको विकास, संरक्षण र प्रबद्र्धन गर्ने गरी देवदह कार्यालयमा हप्ताको २ दिने बसेर सेवा दिन थालेको समेत बताए ।
पुरातात्विक धार्मिक क्षेत्रको स्थानीय पालिका, सामुदायिक संगठन र संस्थाहरू संग मिलेर कोषको निति स्थानियसँग लुम्बिनी कार्यक्रम अबधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस धम्मयात्रा लेखेर परीक्षण स्वरुप सञ्चालन गरिएको हो ।
प्रकाशित मिति : आइतबार, माघ ६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्