शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको शान्ति नमुना मा.वि. मा छलफल कार्यक्रम सम्पन्न

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको शान्ति नमुना मा.वि. मा छलफल कार्यक्रम सम्पन्न

 

तिलोत्तमा, प्रतिनिधि सभा अन्तरगत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले रुपन्देहीको तिलोत्तमा–४ मणिग्राम स्थित शान्ति नमुना मा.वि. मा छलफल कार्यक्रम गरेको छ । शिक्षा विधेयकका सम्बन्धमा सुझाव संकलन गर्ने उद्धेश्यले उक्त छलफल कार्यक्रम गरिएको हो ।

कार्यक्रममा समितिका सभापति अम्मर बहादुर थापा, सांसदहरु छविलाल विश्वकर्मा, रेखा शर्मा, तोसिमा कार्की लगायतले शिक्षा विधेयकका सम्बन्धमा सहजिकरण गर्दै विभिन्न विषयमा स्पष्ट पार्नुभएको थियो ।

यस्तै विद्यालयमा कार्यरत शिक्षक, अभिभावक, विद्यार्थीहरुले आगामी दिनमा गर्नुपर्ने काम र आवश्यकताका सम्बन्धमा सुझाव राख्नुभएको थियो ।

कार्यक्रममा समितिका सदस्य सचिव दशरथ धमला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुलप्रसाद लामिछाने, अभिभावक सुनिता पाण्डे, पत्रकार कृष्ण मल्ल, विद्यार्थीहरु सर्वदा विश्वकर्मा, दिवश न्यौपाने लगायतले विभिन्न विषयमा जिज्ञाशा तथा सुझाव राख्नुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, माघ ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij