अमेरिकाले विश्वका विभिन्न देशहरूलाई दिँदै आएको सबै सहायता बन्द गर्ने

अमेरिकाले विश्वका विभिन्न देशहरूलाई दिँदै आएको सबै सहायता बन्द गर्ने

संयुक्त राज्य अमेरिकाले विश्वका विभिन्न देशहरूलाई दिँदै आएको सबै सहायता बन्द गर्न भएको छ।

समाचार संस्था एएफपीका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले इजरायल र इजिप्टका लागि खाद्य र सैन्य सहायता भने जारी राख्ने जनाएको छ। ट्रम्पले राष्ट्रपतिको शपथ लिएसँगै अमेरिकाले यस्तो कदम उठाएको हो।

अमेरिकी विदेश मन्त्रालयको यो आदेशले गरिब देशहरूलाई दिइँदै आएको स्वास्थ्य सहायता पनि तत्कालका लागि रोकिएको छ। अमेरिकी सरकारको यो आदेशपछि विश्वभर स्वास्थ्य, शिक्षा, विकास र रोजगारीसँग सम्बन्धित धेरै परियोजना बन्द हुने खतरा बढेको छ।

विदेशमन्त्री मार्को रुबियोले नयाँ अनुदान वा विस्तार गर्ने समीक्षा र अनुमोदन नहुँदासम्म नयाँ खाले सहायता र साविकका सहायताका लागि सहयोग नगरिने बताएको उल्लेख छ।

ट्रम्प सरकारको यो निर्णयले सबैभन्दा बढी प्रभाव युक्रेनमा पर्ने देखिएको छ। न्यूयोर्क टाइम्सका अनुसार युक्रेनमा सञ्चालित सबै अमेरिकी परियोजनाहरू तत्काल रोक्न भनिएको छ। विद्यालयहरूलाई दिइँदै आएको सहयोग, आपत्‌कालीन मातृ हेरचाह र बाल खोप जस्ता स्वास्थ्य सहायता कार्यक्रम रोकिएका छन्।

यो निर्णयसँगै रूससँग युद्ध लड्दै आएको युक्रेनलाई अमेरिकाको सहयोग निकै अभाव खट्कनेछ। अहिलेसम्म युक्रेनले अमेरिकी नेतृत्वको पश्चिमा सहयोगमा युद्ध लड्दै आएको छ। पूर्वराष्ट्रपति जो बाइडनको कार्यकालमा अमेरिकाले युक्रेनलाई अरबौँ डलर र हतियार दिँदै आएको थियो।

ट्रम्पको अमेरिका पहिलो नीतिअनुरूप यो नयाँ कदम चालिएको हो। राष्ट्रपतिको निर्वाचनकै वेला ट्रम्पले विदेशी सहयोगमा प्रतिबन्ध लगाउने घोषणा गर्दै आएका थिए।

अमेरिकाले विकासोन्मुख अफ्रिकी देशहरूलाई दिँदै आएको एचआईभी/एड्स नियन्त्रणका लागि सहयोग पनि बन्द हुने भएको छ।

इजरायल र इजिप्ट अमेरिकाका लागि रणनीतिक महत्त्वका साझेदार भएकाले दुई देशमा भने अमेरिकाले सहयोग जारी राख्नेछ।

प्रकाशित मिति : शनिबार, माघ १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij