पाल्पाको गार्गी माध्यमिक विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति वितर
तानसेन नगरपालिका ११ स्थित गार्गी माध्यमिक विद्यालयका बालकक्षा देखि कक्षा ५ सम्म अध्ययनरत ४४ जना विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो कपडा, चप्पल, झोला र नगद छात्रवृत्ति वितरण गरिएको छ। सबैका लागि शिक्षा भन्ने लक्ष्यका साथ आयोजित कार्यक्रममा आर्थिक रूपमा कमजोर विद्या
र्थीलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न दातृ निकायहरूसँग समन्वय गरिएको थियो।
कार्यक्रमको अध्यक्षता रोट्र्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीकी अध्यक्ष मिना पराजुलीले गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताउनुभयो। साथै यस कार्येक्रम मा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी हाथ हरुलाई पनि धन्यवाद बेक्त गर्नु भएको थियो र आगामी दिनहरुमा नि आफुले सक्दो सहयोग पुर्याउने प्रतिबद्ता जनाउनु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि रोट्र्याक्ट डिष्ट्रिक्ट घद्दढद्द का टी.आर.एफ.चेयर तथा रोट्र्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका पूर्व अध्यक्ष बाबुराम खनालले पिछडिएको क्षेत्रका विपन्न विद्यार्थीको शैक्षिक उन्नयनका लागि गार्गी माध्यमिक विद्यालयलाई छनोट गरिएको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा मात्र नभई विद्यार्थीहरूलाई असल संस्कार, अनुशासन र नैतिक चरित्रको शिक्षा प्रारम्भिक चरणदेखि नै सिकाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा ब्रदर क्लबका संस्थापक अध्यक्ष आर.के बरालको पनि विशेष उपस्थिति थियो। क्लबका पूर्व अध्यक्षहरू उपेन्द्र यादव र प्रदीप सापकोटाले क्लबले हरेक वर्ष मानवीय सेवा कार्य गर्दै आएको र सेवा भावनालाई निरन्तरता दिएको बताउनुभयो।
कार्यक्रमकी संयोजक अस्मिता घिमिरेले आफू यस विद्यालयकी पूर्व विद्यार्थी रहेको र आफ्नो विद्यालयमा कार्यक्रम ल्याउन पाउँदा गर्व लागेको उल्लेख गर्नुभयो। विद्यालयका प्रधानाध्यापक यादव घिमिरे र व्यवस्थापन समितिका अध्यक्ष दामोदरप्रसाद घिमिरेले गार्गी माध्यमिक विद्यालयलाई सहयोगका लागि छनोट गरिएकोमा धन्यवाद व्यक्त गर्नुभयो। विद्यालयले क्लब र क्लबका पदाधिकारीहरूप्रति आभार प्रकट गर्दै उनीहरूलाई प्रशंसा पत्र प्रदान गरेको थियो। विद्यालयका शिक्षक अच्युतराज नेपालले एक दिनको तलब १,०९७ रुपैयाँ सामाजिक सहयोगका लागि हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा धन्यवाद मन्तव्य क्लबका सदस्य रबिन चौधरीले दिनुभएको थियो। कार्यक्रम क्लबका सचिव तथा निर्वाचित अध्यक्ष धीरज मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी शिक्षकहरू, विद्यार्थी, अभिभावक र क्लबका पदाधिकारीहरूले यस कार्यक्रमले विद्यार्थीको शैक्षिक भविष्य उज्ज्वल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्
प्रकाशित मिति : आइतबार, माघ १३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्