JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनीमा पाठेघर मुखको क्यान्सरविरुद्धको खोप अभियान सुरु

लुम्बिनीमा पाठेघर मुखको क्यान्सरविरुद्धको खोप अभियान सुरु

दाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको राप्ती गाउँपालिकास्थित आदर्श नमूना माध्यमिक विद्यालय लालमटीयामा आयोजना भएक कार्यक्रममा मुख्यमन्त्री आचार्यले खोप अभियानको शुभारम्भ गरेका हुन । आचार्यसहित स्वास्थ्यमन्त्री खेमबहादुर सारुले खोप अभियानमा सहभागी हुने स्वास्थ्यकर्मीलाई खोप बाकस हस्तान्तरण गरेपछि अभियान सुरु भएको छ ।

१० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई लक्षित गरेर खोप लगाउन थालिएको छ । कक्षा ६ देखि १० सम्म पढ्ने किशोरीलाई खोप लगाइनेछ । विद्यालय बाहिर रहेका किशोरीहरुलाई अभियानमा सहभागी गराउन ध्यान दिन मुख्यमन्त्री आचार्यले आग्रह गरे । रोग लाग्नै नदिने गरी निरोगीता हुने गरी स्वास्थ जीवनशैली अपनाउन उनले आह्वान गरे ।

‘विद्यालयमा रहेका किशोरीहरुले खोप पाउने पूर्ण सुनिश्चित छ । तर, विद्यालय बाहिर रहेका किशोरीहरुलाई खोजेर अभियानमा अनिवार्य जोड्न जरुरी छ । उहाँहरु नछुट्ने गरी खोप लगाउन ध्यान दिनुपर्ने छ’मुख्यमन्त्री आचार्यले भने–‘लुम्बिनी प्रदेश सरकारले वार्षिक करोडौं रुपैयाँ क्यान्सरको उपचारमा सहयोग हुँदै आएको छ ।

लुम्बिनी प्रदेशका २ लाख ९० हजार १ सय २४ जना किशोरीलाई खोप लगाउने लक्ष्य छ । आवश्यक पर्ने खोप सबै सम्बन्धित खोप केन्द्रहरुमा पठाइएको स्वास्थ्य मन्त्रालयलले जनाएको छ । प्रदेशका १२ जिल्लामध्ये सबै भन्दा धेरै रुपन्देही जिल्लाका ६१ हजार २ सय ३१ किशोरीलाई खोप लगाउने लक्ष्य छ । त्यसपछि दाङ जिल्लामा ४२ हजार ६७ जना, कपिलवस्तुमा ३९ हजार ५ सय २५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

सबैभन्दा थोरै रुकुम पूर्वमा ३हजार पाँच सय ९१ र अर्घाखाँचीमा ९ हजार ३ सय ३४ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको हो । पाल्पामा १२ हजार ५ सय ६६, गुल्मीमा १३ हजार ४६, नवलपरासी पश्चिममा १८ हजार ७ सय ९३, रोल्पामा १५ हजार ४ सय ७८, प्युठानमा १६ हजार ३ सय ३५, बर्दियामा २४ हजार ६५ जना र बाँकेमा ३४ हजार ९३ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेश सरकारले क्यान्सर, मृगौला र मुटुको उपचारमा सहयोग गर्न गत वर्ष १३ करोड रुपैयाँ गरेको र क्यान्सरको उपचारको लागि मात्रै ९ करोड खर्च भएको बताए । प्रदेश सरकारले उपचारको लागि दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ । अब रोग लागेपछि मात्रै उपचार गर्ने भन्दा रोग लाग्नै नदिने गरी ध्यान दिन उनले आह्वान गरे । ‘नसर्ने रोगका कारण नागरिकहरु पीडित हुनुपर्ने अवस्था छ । राज्यले आफ्नोतर्फबाट गर्ने सहयोग गरिरहेको छ’उनले भने,‘अब रोग नलाग्ने गरी स्वस्थ जीवनशैली अपनाउन जरुरी छ ।’

लुम्बिनी प्रदेशमा वार्षिक २ हजार जना व्यक्ति क्यान्सर रोगको उपचारको लागि सहयोग लिन स्वास्थ्य निर्देशनालयको सम्पर्कमा आउने गरेका छन् । स्वास्थ्य सचिव डा।बासुदेव उपाध्यायले दुई चरणमा खोप लगाउन थालिएको र लक्षित उमेर समूहका किशोरीहरुलाई अनिवार्य खोप अभियानमा जोडिने जानकारी दिए ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण स्वास्थ्य निर्देशनालयका खोप फोकलपर्सन गोकर्ण गिरीले

गरेका थिए ।

प्रकाशित मिति : मंगलबार, माघ २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij