मोदरल्यान्ड स्कुलमा क्यान्सर खोप तथा अभिमुखीकरण कार्यक्रम

मोदरल्यान्ड स्कुलमा क्यान्सर खोप तथा अभिमुखीकरण कार्यक्रम

 

मोदरल्यान्ड इङ्लिस बोर्डिङ स्कुलमा क्यान्सर खोप तथा अभिमुखीकरण कार्यक्रम समपन्न भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका १९ भुड्कैया मा अवस्थित सो विधालयमा बिश्व क्यान्सर दिवसको अवसरमा कार्यक्रम गरिएको हो ।

विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क ह्युमन प्यापिलोमा भाइरस ‘एचपीभी खोप’ दिँदैछ।

विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो।नेपालमा महिलाहरूमा हुने क्यान्सर मध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो।

यसै  अभियान अनुरुप विद्यालयमा कक्षा ६ -१० का छात्राहरुलाई खोप लगाउनु अघि अभिमुखिकरण गरि सबै कक्षा ६-१० कक्षासम्मको  छात्राहरुलाई खोप लगाएको हो । कार्यक्रमको समुद्घाटन  बुटवल उपमहानगरपालिका वडा नं १९ का वडाध्यक्ष चन्द्र सिंह थापाले गरेका थिए ।उहाले भ्याक्सिन क्यारिएर भ्याक्सिनेटर लाई हस्तान्तरण गरेर उदघाटन गर्नु भएको हो । सोही क्रममा क्यान्सर रोग लाग्न नदिन खोप दिन लागिएको छ तर कसैलाई लागि हाले डराउनु नहुने तर आत्मवल बलियो बनाई उपचार मा लाग्न आग्रह गर्नु भयो । यो रोगको बिरुद्ध एक्लै लडाइँ लड्न नसक्ने हुदा समाज परिवार को हौसलाको खाचो पर्ने बताउनु भयो।

विधालयमा विधार्थीहरु लाई क्यान्सर सम्बन्धि अभिमुखिकरण उप-स्वास्थ्य चौकी वडानं १९ का ईन्चार्ज सुरेन्द्र आचार्यले प्रदान गर्नुभएको थियो । उहाले क्यान्सर एउटा जटिल रोग हो यो शरीरको जुन सुकै भागमा पनि लाग्न सक्ने हुन्छ तर महिलाहरुमा विशेष  गरि प्रजनन गर्ने हुदा पाठेघरको क्यान्सर हुने हुदा यस बाट बच्न यो खोप आवश्यक रहेको बताउनु भयो । हरेक वर्ष पाठेघरको क्यान्सर को कारण लगभग २ हजार महिला को ज्यान जाने गरेको जानकारी गराउनु भयो।कति मानिसले पैसा तिरेर पनि यो भ्याक्सिन लगाउन नपाएको अवस्थामा बिद्यार्थीहरुले पाउनु महत्त्वपूर्ण रहेको बताउनु भयो कार्यक्रम बिधालयका प्रीन्सिपल मणिरत्न भण्डारी अध्यक्षता, बुटवल १९ का वडाध्यक्ष चन्द्रसिंह थापा प्रमुख आतिथ्यता एबम्बविद्यालय व्यवस्थापन अध्यक्ष हरिहर श्रेष्ठ विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रकाशित मिति : बुधबार, माघ २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij