, बुटवल उपमहानगरपालिकाको ६६ औ स्थापना दिवस : राजनितिक दल र जनप्रतिनिधिबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधि विजयी

, बुटवल उपमहानगरपालिकाको ६६ औ स्थापना दिवस : राजनितिक दल र जनप्रतिनिधिबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधि विजयी

 

बुटवल , बुटवल उपमहानगरपालिकाको ६६ औ स्थापना दिवसको अवसरमा आईतबार संचालन गरिएको राजनितिक दल र जनप्रतिनिधिबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधि विजयी भएका छन । बुटवल नगर खेलकुद विकास समितिको संयोजनमा बिपि कोईराला मैत्रीपुर्ण फुटबल प्रतियोगिता २०८१ मा राजनितिक दलको टिमलाई ५–० गोल अन्तरले जनप्रतिनिधि टिमले पराजित गर्दै जित हात पारेको हो ।

सिद्धेश्वर लालकुमारी खेलमैदानमा भएको निक्कै रोमान्चक प्रतिस्प्रर्धात्मक खेलमा पेनाल्टी शुटमार्फत जनप्रतिनिधिका खेलराज पाण्डेयले जाली चुमाउदै टिमको खाता खोले । डिबक्सभित्र राजनीतिक दलको खेलाडीले गरेको ह्याण्डमा पाएको पेनाल्टीलाई पाण्डेयले गोल गरेर सदुपयोग गरेका थिए । यसपछि खेलमा लथाचार जनप्रतिनिधि हाबी रहेका थिए ।

दोस्रो हाफमा खेलमा फर्किन लागेको भएपनि राजनीतिक दलबाट एउटै गोल हुन सकेन । जनप्रतिनिधिको टिमका श्याम थापा, सन्दिप खनाल, गौतम लाल शाक्य र पाचौ गोल शिव रानाले गरे । योसंग जनप्रतिनिधिको टिम ५(० को फराकिलो अन्तरले विजयी भएको छ ।

कार्यक्रमको रेफ्रीलाई बल हस्तान्तरण गरि उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले खेलकुदलाई आत्मसात गर्न प्रोत्साहन हुने गरि स्थापना दिवसमा फुटबल खेल खेलाईएको बताए । कम्तीमा हरेक ब्यक्ति एउटा खेलमा आवद्ध हुन सके मानसिक र शारीरिक रुपमा स्वास्थ्य रहन सकिने उनले बताए

प्रकाशित मिति : आइतबार, माघ २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij