तिलोत्तमा-नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस राष्ट्रिय पार्टी भएकोले सबैलाइ समेट्ने,चित्त बुझाउने समेत दायित्व कांग्रेसको हुने उल्लेख गर्नुभयो । संविधानको जिम्मा र स्वामित्व लिदै सबैको चित्त पनि बुझाएर अघि बढ्ने उहाँले बताउनुभएको छ ।
नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको बुटवलमा उद्घाटन गर्दै महामन्त्री थापाले मुस्लिम समुदायको सबैभन्दा प्रिय पार्टी कांग्रेस नै रहेको बिगतका चुनावहरुका परिणामले समेत पुष्टि गरेको दाबि गर्नुभयो । मुश्लिम समुदायबाट उठेका ८० प्रतिशत उमेद्वार सफल हुनु भनेको नेपाली कांग्रेसको प्रिय पाटी भएकैले सम्भब भएको उहाँको भनाइ थियो।
थापाले तत्कालिन प्रधानमन्त्री तथा पार्टी सभापति शुशिल कोइरालाको पालामा बनेको संविधान र सभापति शेरबहादुर देउवाको पालामा कार्यान्वयनमा गएकोले अहिलेको संविधानप्रति कांग्रेसले जम्मा र स्वामित्व लिने समेत उल्लेख गर्नुभयो ।
महामन्त्री थापाले कांग्रेस एमालेको सरकारलाई असफल हुने छुट नभएको भन्दै राम्रा मात्रै काम गर्ने अधिकार रहेको समेत बताउनुभयो ।
‘संविधानको जिम्मा पनि लिने हो,स्वामित्व पनि लिने हो,सबैको चित्त पनि बुझाउने हो ,अरु सरकार भन्दा बाहिर रहेका पार्टीहरुसंग पनि सम्बाद गर्ने हो । ’ थापाले भन्नुभयो । संविधानमा भएका अस्पष्टता र अफ्ठ्यारा फुकाउनका लागि संविधान संशोधनको कुरा उठेको हो र ति बाधाहरू फुकाउन संविधान संशोधन पनि स्वीकार्य हुनुपर्छ उहाँले थप्नुभयो । प्रेस स्वतन्त्रता र नागरिकका मौलिक हक स्थापित गर्न कांग्रेसले लामो समय संघर्ष गरेकोले त्यसमा कांग्रेसले कुनै सम्झौता नगर्ने पनि बताउनुभयो ।
पार्टीको आगामी महाधिवेशन पुर्वनिर्धारित समयमै हुने भन्दै उहाँले महाधिवेशनसँग सम्बन्धित आवश्यक प्रक्रिया अगाडि बढाउन पनि उहाँले नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । चैत्र महिनामा कृयाशिल सदस्यता नबिकरण गराएर सक्ने तथा नयाँ कृयाशिल सदस्यता बितरणमा पनि तदारुकताका साथ लाग्न आग्रह गर्नुभयो।
कांग्रेसले स्थपनाकालदेखि समानुपातिक समावेशीताको सिद्धान्त अवलम्बन गरेको भन्दै उहाले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशीतालाई कांग्रेसले कहिल्यै नछाड्ने दाबी गर्नुभयोे ।
बर्तमान सरकार कांग्रेसले चाहेर र कांग्रेसको प्रयासका कारण गठन भएको नभई समय र परिस्थितिको उपज भएको भन्दै महामन्त्री थापाले यो तीन बर्षको अवधिलाई जनताको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा कांग्रेस नेताहरु बालकृष्ण खाण,अब्दुल रज्जाक,देबेन्द्रराज कडेल,नैनसिंह महर,गंगा शाही,अमरसिंह पुन,रामकृष्ण खाँण जाकिर हुसेन,संसुधिन मिया,सवर मिया लगायतले बोल्नुभएको थियो ।अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने संघका प्रदेश सभापति जाकिर हुसेनले बताउनुभयो ।
प्रकाशित मिति : बुधबार, माघ ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्