‘जनयुद्धको उपलब्धि र सिमा’ विषयक अन्तरक्रिया

‘जनयुद्धको उपलब्धि र सिमा’ विषयक अन्तरक्रिया

बुटवल – दश वर्षे जनयुद्ध नै परिवर्तनको जग भएको भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा संचालित दश वर्षे जनयुद्धको ३०औं वर्षगाठको अवसरमा बिहिवार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले गणतन्त्र लगायतका उपलब्धिको जग जनयुद्ध भएको बताएका हुन् ।

‘जनयुद्धको उपलब्धि र सिमा’ विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरुले जनयुद्धको गर्भबाट नै गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जस्ता उपलब्धि प्राप्त भएको बताए । हजारौं सहिदको सहादतबाट प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादको बाटोमा अगाडि बढ्नु पर्नेमा वक्ताहरुले जोड दिए ।

अन्तरक्रियामा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य ‘वसन्त सी’ले दश वर्षे जनयुद्ध इतिहासले सुम्पेको महत्वपुर्ण अविभारा भएको र माओवादी आन्दोलनले पुरा गरेको बताए । “जनयुद्धको गर्विलो इतिहासलाई तोडमोड गर्न केही प्रतिगामी तत्व लागिरहेका छन् ।” नेता वसन्तले भने, “जनताले लडेर ल्याएको व्यवस्थामा बसेर महान जनयुद्धको अवमुल्यन गर्ने अधिकार उनीहरुलाई छैन ।”

प्राप्त उपलब्धिलाई रक्षा गर्दै नयाँ उपलब्धि हासिल गर्ने दायित्व सच्चा कम्युनिष्टको काधमा आएको उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य वामदेव घिमिरेले राजतन्त्रसहित सामन्तवादको समूल अन्त्य गरेको माओवादी आन्दोलन अहिले शान्ति र समृद्धिको नेतृत्व गरिरहेको बताए । “राज्य सट्टा वर्गीय हुन्छ, हिजो हामीमाथि निरङ्कुश राज्यसत्ताले दमन गर्यो र त्यसको विरुद्धमा हामी बन्दुक बोकेर युद्धमा होमिएका हौँ ।” नेता घिमिरेले भने, “आजको जति पनि राजनीति, सामाजिक परिवर्तन भएका छन्, त्यसको आधार जनयुद्ध  हो ।”

कार्यक्रममा वामपन्थी बुद्धिजिवी दिल साहनी, घनश्याम पाठक, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष हरि अर्याल, नेकपा एमालेका जिल्ला सहसचिव वाबुराम पन्थी, एकीकृत समाजवादीका जिल्ला इन्चार्ज नन्दराम बन्जाडे लगायतले बोल्दै  जनयुद्ध नेपाली इतिहासको महत्वपुर्ण अंग रहेकोले यसका उपलब्धिको रक्षा र विकास गर्नु सबैको दायित्व हुने बताए । टुक्रिएको माओवादी आन्दोलनलाई एकीकृत र समग्र वामपन्थी दलहरुको विचमा ध्रुवीकरण गर्दै संविधानले परिकल्पना गरेको समाजवादी आन्दोलनको बाटोमा अगाडि बढ्नु अहिले दायित्व रहेको वक्ताहरुको भनाइ छ ।

नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक नारायण जिसी ‘निर्मल’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनवादी कलाकारहरुले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।  कार्यक्रमको संचालन नेकपाका जिल्ला संयोजक विरेन्द्र सीले गरेका थिए ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij