तिलोत्तमा,‘३० औँ जनयुद्ध दिवस ०८१’ को अवसरमा रुपन्देहीको तिलोत्तमामा बिहिबार साँझ दीप प्रज्वलन गरिएको छ। ०५२ फागुन १ गते जनयुद्ध सुरु गरेको स्मरणमा नेकपा माओवादी केन्द्र रुपन्देहीले जिल्लाका ५ नगर र ११ गाउँपालिका गरी १६ वटै स्थानीयतहमा दीप प्रज्वलन गर्दै दिवस मनाएको हो। तिलोत्तमाको मणिग्राममा आयोजित दिवसमा दीपावली गर्दै पार्टी नगर कमिटी तथा तिलोत्तमा वडा नम्बर ५ वडाकमिटीले आयोजना गरेको कार्यक्रममा नगर अध्यक्ष बेल प्रसाद शर्मा, इन्चार्ज लक्ष्मण खनाल, धन बहादुर थापा, खिमलाल पाण्डेले सम्बोधन गरेका थिए।
नगर कमिटी अध्यक्ष बेल प्रसाद शर्माले ३० वर्षअघि ४० सुत्रीय माग राख्दै जनयुद्धमा होमिएको माओवादीकै कारण आज देशमा अढाई सय वर्ष लामो राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना संगै राजनीतिक दलले राज गरेको बताए। जनयुद्धमा १७ हजार नेपाली जनताको साहसिक बलिदानबाट देशमा संघीयता प्राप्त भएको र त्यसले ४० सूत्रीयमध्ये अधिकांश माग पुरा गरेको भन्दै बाँकी अधिकार पाउन प्राप्त अधिकारको रक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।त्यस्तै बक्ता खिमलाल पाण्डेले दश वर्षे जनयुद्धले देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था प्राप्त भएको तथा महिला, आदिवासी, जनजाति, दलित, पिछडा वर्ग र सीमान्तकृत समुदायले वर्षौँपछि राजनीतिक र सामाजिक अधिकार पाएर समान नागरिकको हैसियत बनाएको बताए।
कार्यक्रममा बोल्दै मावोबादी नेता धनबहादुर थापाले सदियौँदेखि दोस्रो दर्जाको नागरिकको रुपमा रही आएका महिलाहरु जनयुद्धले चेतना भर्दै चुला चौका छाडेर काखको बच्चा पिठ्युँमा च्याप्दै बन्दुक बोकेर युद्ध लडेर ल्याएको ब्यबस्था सम्म आउदा जनयुद्धलाई बिर्सिन नहुने बताए।सरकारले यहि जनयुद्धको आडमा राज गरिरहेको उनको भनाई थियो।
सो अवसरमा बोल्दै वडा कमिटि अध्यक्ष डायमण्ड गिरी हिराले भ्रस्टाचारका सेवकहरुले जनयुद्धलाई हिँसा भने, त्यसैमा टेकेर राज गरे तर मर्म बुझेनन भन्दै भ्रस्टाचारको अन्त्य गर्न सबै नेपालि एक भएर लाग्नु पर्ने बताए। उनले आज देशमा समावेशी समानुपातिक व्यवस्था ल्याएर गाउँ गाउँमा सिंहदरबारको अधिकार पाउनुको मुख्य कारक जनयुद्ध भएको बताए। जनयुद्धकै कारण देशमा संघीयता र गणतन्त्र प्राप्त भएको भन्दै अझै धेरै अधिकार पाउन बाँकी रहेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका लागि लड्न जनयुद्ध दिवसले ऊर्जा थप्ने बताए।उनले जनयुद्ध सफल बनाउने सहिदप्रति सम्मान गर्दै बेपत्ताको स्मरण र घाइते अपाङ्गको स्वास्थ्य लाभको कामना समेत गरे।
कार्यक्रममा नेकपा माओबादि केन्द्रका नेताहरु हेमन्त पाण्डे, पुर्ण प्रसाद आचार्य संजय, गोबिन्द रेग्मी, टान प्रसाद पाण्डे, बिद्यार्थी नेता सागर न्यौपाने, प्रेस सेन्टरका तिलोत्तमा अध्यक्ष प्रकाश पाण्डे, वाईसिएलका प्रतिनिधि, नगर कमिटिका पदाधिकारीहरु लगायतको उल्लेखनिय उपस्थितिमा दीप प्रज्वलन गर्दै जनयुद्ध दिवस मनाएका थिए।त्यसैगरी नगरका विभिन्न वडाहरू मध्ये तिलोत्तमाको शिवपुर चोकमा पनि बिद्यार्थी नेता सागर न्यौपानेको संयोजकत्वमा दीपावली र अन्य विविध गतिविधि गर्दै जनयुद्ध दिवस मनाइएको जनाएका छन्
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्