लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको नवौं बैठक आज बस्दैछ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको हो ।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनिमय ३ बमोजिम सभामुख तुलाराम घर्तीको निर्देशनानुसार बैठक बस्न लागेको जानकारी दिनुभयो । प्रदेशसभाको आठौं बैठक माघ २३ गते बसेको थियो ।
लुम्बिनी प्रदेशसभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दैहुनुन्छ । प्रधानमन्त्री ओलीको सम्बोधनपूर्व प्रदेशसभाको बैठक बस्न लागेको हो ।
आइतबारको बैठकको सम्भावित कार्यसूची आइतबार बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकबाट टुंगो लाग्ने प्रदेशसभाका सचिव पुनले बताउनुभयो ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्