काठमाण्डाै – रुपन्देहीको देवदह नगरपालिकाबाट भारतको कुम्भमेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
कुम्भमेलाबाट फर्किँदै गर्दा बिहान भारत उत्तर प्रदेशको आजमगढ वाराणसी सडककाे डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको देवदह नगरपालिका प्रवक्ता गणेश डुम्रेले जानकारी दिनुभयो ।
उहाँका अनुसार ज्यान गुमाउनेहरूमा देवदह नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ३५ वर्षीय दीपा खनाल र वडा नम्बर ९ कै ४० वर्षीया गीता शर्मा रहेका छन् ।
दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेहरूको गोरखपुरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्