बुटवल – नेकपा माओवादी (केन्द्र) का सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (बलदेव)ले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागि परेको आरोप लगाए । माओवादी (केन्द्र) बुटवल उपमहानगरको तेस्रो नगर अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचार र वेतिथि विरूद्ध अभियान सुरू गरेकै कारण भ्रष्टाचारीहरूको संरक्षण गरेका दलका नेताहरु समेत पर्ने देखिएपछि जालझेल गरेर माओवादी नेतृत्वको सरकार ढालिएको बताए ।
सत्ता र सरकारबाट बाहिरीए संगै माओवादीले स्थानीय तहको उपनिर्वाचनमा दोस्रो स्थान हासिल गरेको बताउदै आगामि दिनमा आफ्नो कमजोरी सुधार गर्दै २०८४ को निर्वाचन एक्लै लड्ने जिकीर गरे ।
नेता खनालले सदन र सडकमार्फत सरकारका जनविरोधि काम र नितिगत भष्ट्राचार विरुद्ध खवरदारी गरेको बताउदै जनता संग माओवादी अभियान लिएर जनताको घरदैलो सम्म पुगेको दावी गर्नुका साथै उनले कृषि,पर्यटन र उर्जामा लगानी गरेर उत्पादनमा जोड दिएमात्र युवाहरुलाई विदेश पलाएन रोक्न सक्ने बताए ।
विचार मिल्ने शक्तिहरूलाई एकतामा आउन आग्रह गरे । छिन्नभिन्न हुँदा माओवादी शक्ति कमजोर भएको भन्दै उनले विचार मिल्ने शक्तिहरू एकता गर्नुको विकल्प नभएको बताए हुन् ।
नेकपा माओवादी स्थायी कमिटी सदस्य हकिकुल्लाहा खानले एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । नेताहरू अब जनताको घरदैलोमा जानू पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बामदेव क्षेत्री, नाराण जिशी निर्मल, यज्ञ पाख्रेल,देबेन्द्र पाण्डे, खगेन्द्र बिक (सुजित ) लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा सहिद, बेपत्ता परिवार तथा घाईतेहरुलाई सम्मान गरिएको थियो भने विभिन्न पार्टी परित्यागगरी एक दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
तेस्रो नगर अधिवेशनको अबसरमा पार्टी कार्यालय माझगाउँबाट सुरु भएको खबरदारी ¥याली तीनकुने, कालिकानगर, होराइजन चोक हुँदै देविनगर पुगेर चौपारीमा कोणसभामा परिणत भएको थियो । सभामा सहभागी नेता तथा कार्यकर्ताहरूले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न माग गर्दै ¥यालीमा नारा लगाएका थिए ।
कार्यक्रम पाटीका नगर अध्यक्ष महेन्द्र भुषालको अध्यक्षता , नगर इन्चार्ज पुष्पराज ढकालको स्वागत तथा सचिब सागर न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्