काठमाडौं , कलेजमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा केआइआइटी कलेजले छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ ।
मृतक लम्सालका बुबा र काकासँग भेट गरेपछि यस्तो घोषणा भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । केआइआइटीकि संस्थापक अच्युता सामन्ताले यस्तो जानकारी सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
‘लम्सालको सम्मानमा उनको स्मृतिमा एक छात्रवृत्ति स्थापना गरिनेछ ।’ केआइआइटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा तथा खानेपानी मन्त्री प्रदीप यादवसँग नेपाली विद्यार्थीहरुको सुरक्षित फिर्तिको बारेमा कुराकानी गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
बुधबारै २० वर्षे प्रकृतिको शव नेपाल ल्याएर सद्गगद गरिएको थियो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्