बुटवल – बुटवल उपमहानगरको आयोजनामा आइतबारदेखि दोस्रो नगर।स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको समुद्घाटन गर्दै उपमहानगरका प्रमुख खेलराज पाण्डेयले विद्यालय स्तरबाटै लोक सँस्कृति र कलाको बिकासका लागि प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे । उपप्रमुख सावित्रा अर्यालले बुटपलको शैक्षिक बिकासका लागि सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षालाई समेत जोड दिइएको उल्लेख गरिन ।
उपमहानगरले लोक सँस्कृति र खेलकुदको बिकासका लागि विद्यालय स्तरमा हुने गतिविधिलाई प्राथमिकता दिएको बताए। लोक नृत्य प्रतियोगितामा शनिबार २८ वटा सामुदायिक विद्यालयले प्रतिस्पर्धा गरेका छन् । २ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सोमबार २२ वटा संस्थागत विद्यालयहरु बीच प्रतिस्पर्धा हुने सामाजिक बिकास महाशाखा प्रमुख तथा कार्यक्रम संयोजक दामोदर ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा कलाकारहरु नारायण रायमाझी, डिल्लीनारायण पाण्डे र कृष्ण रेउले निर्णायकको भूमिकामा रहेका छन् ।
प्रतियोगितामा संस्थागत तथा सामुदायिक विद्यालय गरि दुई फरक-फरक समुहबाट प्रथम हुनेलाई नगद राशी ७५ हजार, दोस्रो हुनेलाई ५० हजार तथा तृतीय स्थान हासिल गर्नेलाई ३५ हजार र सान्त्वना हुने विद्यालयलाई २५ हजार नगद राशी प्रदान गरिने छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्