बुटवल-नेपाल बंशज परिषद रुपन्देहीको अध्यक्षमा घनश्याम नेपाल चयन हुनुभएको छ । शनिबार बुटवलमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले घनश्याम नेपालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शम्भुप्रसाद नेपाल, सचिवमा नगेन्द्रप्रसाद नेपाल र कोषाध्यक्षमा कृष्णप्रसाद नेपाललाई चयन गरिएको छ ।
त्यसैगरी समितिको कार्यसमिति सदस्यहरुमा शोभाकान्त नेपाल, राधिका ज्ञवाली नेपाल, कमल नेपाल, नारायणप्रसाद नेपाल, बलराम शर्मा नेपाल, विजयप्रसाद नेपाल, केशवराज नेपाल, शंकर नेपाल, अच्युत नेपाल, अर्जुन नेपाल र भगवती नेपाललाई चयन गरिएको छ । त्यसैगरी केन्द्रीय प्रतिनीधिमा डा. विक्रमदेव नेपाल, प्रकाशकुमार नेपाल र राजन नेपाललाई चयन गरिएको छ ।
साधारण सभा तथा अधिवेशनको अवसरमा नेपाल बंशज परिषद नेपालका जेष्ठ नागरिक झपेन्द्रप्रसाद नेपाल, प्रेमराज नेपाल, विष्णुप्रसाद नेपाल र रघुनाथ नेपाललाई सम्मान गरिएको थियो ।
त्यस अवसरमा बोल्दै नेपाल बंशज परिषदका सदस्य मुटुरोग विशेषज्ञ डा. बद्रीप्रसाद नेपालले बंशको संरक्षण, उत्थान, आपसी भाईचार तथा सद्भाव अभिबृद्धिका लागि परिषदले काम गर्नुपर्ने भनाई राख्नुभयो । त्यसअवसरमा बुटवलका पर्यटन व्यवसायी माधवप्रसाद नेपाल, उपसचिव कृष्णप्रसाद नेपाल, सहप्राध्यापक डा. विक्रमदेव नेपाल, बलराम शर्मा नेपाल, विजयप्रसाद नेपाल, सिए शिवहरी शर्मा लगायतले भनाई राख्नुभएको थियो ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्