बुटवल , लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसको अवसरमा सोमबार अस्पताल परिसरमा सरसफाई तथा बिरामीलाई सफलफुल वितरण सम्पन्न भएको छ । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागितामा सरसफाई गर्नुका साथै अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
यही फागुन १५ गते मूल समारोहका बीच आयोजना हुने वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा विभिन्न रचनात्मक क्रियाकलाप गरी स्थापना दिवस मनाइएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले जानकारी दिनुभयो । सो अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले स्थानीय दिवसलाई भव्य र सभ्य बनाउनका लागि गरिएका रचनात्मक क्रियाकलापले समाजमा सकारत्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरी अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। इन्द्र ढकालले नियमित जनताको स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीहरु सामाजिक क्रियाकलाप तथा अन्य रचनात्मक क्रियाकलापमा सहभागी हुँदा सिर्जनात्मक नेतृत्व क्षमता तथा भूमिकाको बिकास हुने अपेक्षा व्यक्त गर्नुभयो ।
स्थापना दिवसका अवसरमा मंगलबार विहान दौड प्रतियोगिता अयोजना गरिएको छ । स्वास्थ्यका लागि दौड भन्ने मूल नारासहित बुटवलको योगीकुटीदेखि अस्पताल परिसरसम्म दौड प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागिता रहने छ ।
स्थापनाको अवसरमा आयोजित मूल समारोहका दिन अस्पतालमा २५ वर्ष बढी समय सेवा गरेकाहरुलाई दीर्घसेवा पदकसहित सम्मान गरिने, अनिवार्य अवकास भएकाहरु तथा उत्कृष्ट चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई प्रशंसापत्रसहित सम्मान गरिने प्रमुख प्रशासकीय केसीले जानकारी दिनुभयो । अस्पतालको गतिविधि तथा सेवाहरु बारे तयार पारिएको स्मारिका समेत विमोचन गर्ने कार्यक्रम रहेको छ । मूल समारोहलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले समुद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
अस्पतालमा हाल ८५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कार्यरत रहेका छन् ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्