सिद्धबाबा मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

सिद्धबाबा मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

बुटवल,-महाशिवरात्रिको अवसरमा देशभरिका प्रसिद्ध धाम तथा शिव मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।  महाशिवरात्री पर्वका अवसरमा पाल्पाका शिवालय तथा मन्दिरमा बुधबार बिहानैदेखि भीड लागेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानको प्रसिद्ध शिद्धबाबा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुँइचो लागेको हो ।

सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शेरचनका अनुसार बिहान ३ बजेदेखि नै मूल मन्दिर खुला गरिएको छ । सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रुपमा परिचित सिद्धबाबा पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टिलेसमेत महत्त्वपूर्ण भएकाले श्रद्धालुहरुको घुँइचो लागेको हो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij