बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवलमा आमसभा गर्ने भएको छ ।‘अवस्था बदल्न व्यवस्था बद्लौं’ भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा शनिबार आमसभा हुन लागेको हो । आमसभाबारे जानकारी दिन बिहीबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले सातवटै प्रदेशमा पार्टीले आयोजना गर्ने कार्यक्रम अन्तर्गत शनिबार जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान, महामन्त्री धवल शमसेर राणा, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरुले सम्बोधन गर्नेछन ।
ट्राफिकचोकमा गरिने सभामा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट पार्टीका नेता–कार्यकर्ता तथा आम नागरिकको सहभागीता हुने पार्टीले जनाएको छ । सभा शनिबार दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।
देशमा वर्तमान अवस्थामा व्याप्त विसंगति, विकृति, भ्रष्टाचारको बारेमा तथा राप्रपाको भावी कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आमसभाको आयोजना गरिएको अध्यक्ष उदयले बताए । आमसभा पूर्व बुटवलको बसपार्क र आँखा अस्पतालबाट र्याली निकालिने छ । बसपार्कबाट निकालिने र्यालीको नेतृत्व अध्यक्ष लिङ्देन, उपाध्यक्षद्व पाण्डे, प्रधान र केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष थापाले नेतृत्व गर्नेछन् भने लायन्स आँखा अस्पतालबाट निकालिने र्यालीको नेतृत्व महामन्त्री राणा र प्रवक्ता शाहीले गर्नेछन् ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्