JanataToday.com

Advertisment

SKIP THIS

मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित, परराष्ट्रमन्त्री चढेको बिमान कोलकाता डाईभर्ट

मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित, परराष्ट्रमन्त्री चढेको बिमान कोलकाता डाईभर्ट

काठमाण्डौ, मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसमको खराबीले परराष्ट्रमन्त्री आरजु राणा देउवा चढेको दोहाबाट आएको कतार एअरवेजको जहाज बिहान कोलकाता डाइभर्ट भएको छ ।

त्यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एअरलाइन्सको जहाज दिल्ली डाइभर्ट भएको छ । यसैगरी चीनको तियान्फुबाट आएको सिचुआन एयरलाइन्सको जहाज तिब्बतको ल्हासा डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।

भिजीबिलिटी कमजोर हुँदा केही आन्तरिक हवाई उडान पनि प्रभावित भएका छन् । काठमाण्डौमा आकाश धुम्मिएको छ भने तराईरमधेशका केही ठाउँमा हुस्सु छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न ठाउँमा हल्का वर्षा र उच्च क्षेत्रमा हिमपात भएको छ । काठमाण्डौ उपत्यकामा बिहान हल्का वर्षा भयो । मौसम दिउँसोसम्म पनि खुल्न सकेको छैन ।

आज देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij