बुटवलमा उद्यमशिलता विकास तालिम सम्पन्न

बुटवलमा उद्यमशिलता विकास तालिम सम्पन्न

बुटवल-बुटवलमा सञ्चालन भएको उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगरको आयोजना र मोनालिसा ब्युटिहोम एण्ड ट्रेनिङ सेन्टरको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथी नेपाल घरेलु तथा साना उधोग माहासंघमहिला उद्यमी समिती लुम्बिनी प्रदेश अध्यक्ष शान्ता शर्माले जुनसुकै पेसा ब्यवसायी र सिप सकेर बसेको सबैजनालाई सफल व्यवसायी बन्ने भन्ने विषयमा तालिम केन्द्रित रहेको बताउनुभयो। उहाँले लघु घरेलु तथा साना उद्योगको विकास र विस्तार अहिलेको आवश्यकता रहेकाले सीप सिकेर व्यवसाय गर्न दिगो आर्थिक विकास हुने धारणा व्यक्त गर्नुभयो ।

बुटवल वडा नम्बर १२ मा सञ्चालन भएको १० दिने उद्यमशिलता विकास तालिममा सहभागीहरुलाई व्यवसाय सचेतना सम्बन्धी तालिम दिइएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय प्रमुख एवम प्रमुख प्रशिक्षक नारायण न्यौपानेले जानकारी दिनुभयो । तालिममा अधिकृत जेदुराम पन्थी
अधिकृत सुवास पौडेल ,नायब सुब्बा जीवलाल भुसाल लगायतले प्रशिक्षण दिनुभयको थियो ।
तालिममा विभिन्न क्षेत्रका २१ जना नयाँ उद्यमीहरुको सहभागिता रहेको थियो ।तालिमका सहभागिहरुलाई एक कार्यक्रमकाबिच प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij