मोतीपुर– मदरल्याण्ड इङ्ग्लिस स्कुल, बुटवल १९, मोतीपुरमा पुरस्कार वितरण एवम सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयको प्रांगणमा आयोजित विशेष कार्यक्रममा पुरस्कार वितरण र विविध सांस्कृतिक कार्यक्रम गरी सम्पन्न भएको हो ।सो कार्यक्रममा वर्षभरि भएका कार्यक्रमका पुरस्कार वितरण ,स्पोर्ट मिट २०८१ को सम्पूर्ण विजेता विद्यार्थीहरुलाई मेडल तथा पुरस्कार वितरण ,शिक्षक सम्मान कार्यक्रम गरिएको थियो ।
विद्यालयका प्राचार्य मणिरत्न भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष चन्द्र सिंह थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष चन्द्र सिंह थापाले विद्यालयको ऐतिहासिक योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूलाई जीवनमा सफलताका लागि निरन्तर मेहनत गर्न प्रेरित गर्नुभयो। विद्यालयले गर्ने क्रियाकलापबाट प्रभावित भएको भन्दै उहाँले निजी क्षेत्रले शिक्षा क्षेत्रमा गरेको योगदान उल्लेखनिय रहेको र यस विद्यालयले धेरै उत्कृष्ट विद्यार्थीहरु उत्पादन गरेको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष ज्ञान बहादुर रेस्मीेले विद्यार्थीको पहिलो पाठशाला विद्यालय भएको बताउनुभयो । उहाँले विद्यालय राम्रो हुन अभिभावक, शिक्षक र विद्यार्थी सबैको अहम भूमिका हुने उल्लेख गर्नुभयो। वडा नम्बर १८ का अध्यक्ष गुरु प्रसाद पंगेनीले बालबालिकाहरू राष्ट्रका भोलिका कर्णधार रहेको उल्लेख गर्दै हरेक बालबालिकामा विशेष प्रतिभा हुने र तिनको प्रस्फुटन आजको कार्यक्रममा देखिएकोमा खुसी व्यक्त गर्नुभयो।
बुटवल उपमहानगरपालिका शिक्षा समिती सदस्य एवम विद्यालय व्यवस्थापन समिती अध्यक्ष अध्यक्ष हरिहर श्रेष्ठले यो विद्यालय यस क्षेत्रको गहना तथा गौरव भएकोले यस विद्यालयले गरेको प्रगतिमा स्थानीय सबैले खुसी व्यक्त गरिरहेको बताउनुभयो । विज्ञान र प्रविधिको युगमा विद्यार्थीहरूलाई सैद्धान्तिक भन्दा व्यवहारिक सिकाइमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, गायन प्रस्तुत गरेका थिए।कार्यक्रमक सुस्मिता नेपाली को संचालन एवम सुमिता खातीको स्वागतमा सम्पन्न भएको हो ।
प्रकाशित मिति : शनिबार, फाल्गुन १७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्