भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले भैरहवामा रहेको जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकसँग आग्रह गर्नु भएको छ । रुपन्देहको जिल्ला कारागार जिल्ला सदरमुकामस्थित सिद्धार्थनगर (भैरहवा) मा छ । घना बस्तीको बीचमा कारागार हुँदा विभिन्न समस्या भएको तथा नगरको सुन्दरतामा समेत नकारात्मक प्रभाव परेको भन्दै मेयर खाँले सोमबार स्थानान्तरण गर्न गृहमन्त्री लेखकसँग आग्रह गर्नु भएको हो । उहाँले कारागारको जग्गा नगरपालिकालाइ दिनुपर्ने र सोको सट्टा नगरपालिकाले कारागारलाई अन्यत्र जग्गा दिने जानकारी गृहमन्त्री लेखकलाई गराउनु भएको थियो ।
जवाफमा गृहमन्त्री लेखकले कारागारको नयाँ बन्ने भवनका लागि बजेटको सुनिश्चितता गरेर स्थानान्तरण गर्ने आश्वासन दिनुभयो । मेयर खाँको प्रस्ताव सकारात्मक र समयसापेक्ष रहेको उल्लेख गर्दै उहाँले भवन निर्माणको लागि आगामी बजेटमा पहल गर्ने जानकारी दिए । भेट पछि मेयर खाँने शहरको बिचबाट कारागार स्थानान्तरण गर्न गृहमन्त्रीसगं सकारात्मक रहेको उल्लेख गर्दै नगरपालिकाले पटखौलिमा ल्याण्डफिल्ड साईटका लागी नगरपालिकाले खरीद गरेको ६ बिगाह जग्गा कारागारलाई दिन सकिने जानकारी दिनुभयो । यसकालागि तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा प्रक्रिया अगाडी बढेको र त्यसलाई मुर्त रुप दिन बर्तमान गृहमन्त्रीसँग आग्रह गरेको उहाँले बताउनुभयो ।
ल्याण्डफिल्ड साईटकालागी खरीद गरिएको जग्गामा स्थानीयले अवरोध गरेपछि उक्त योजना अगाडी बढ्न सकेको छैन । हाल नगरपालिकाले फोहोर ब्यबस्थापनको लागी निजि क्षेत्रसँग साझोदारी गरी अगाडी बढ्ने गरी प्रस्ताव आह्वान गरेको छ । साझेदारीकालागि दुईबटा फर्मले प्रस्ताव पेश गरेका छन । अन्तिम सुनचा प्रकासनकोलागि कार्यबिधी निमार्ण भैरहेको र फोहोरको दिर्घकालिन व्यवस्थापन छिट्टै अगाडी बढ्ने पनि मेयर खाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्