लुम्बिनी प्रदेश सभामुख

उद्यमशिलताबाटै महिलाको आर्थिक सशक्तिरकण हुन्छ : सभामुख 

उद्यमशिलताबाटै महिलाको आर्थिक सशक्तिरकण हुन्छ : सभामुख 

बुटवल , लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्यमशिलताबाटै महिलाहरुलाई आर्थिक सशक्तिरकण बनाउन सकिने जनाउनु भएको छ ।

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्नु हुँदै सभामुख घर्ती मगरले राजनीतिक तथा आर्थिक अधिकारले महिला सशक्तिरकणको नारालाई सार्थकता तुल्याउने जनाउनु भएको हो ।

राजनीतिक तवरबाट नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाईदै आएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।

सभामुख घर्ती मगरले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न चरणका आन्दोलन, संघर्ष र क्रान्ति लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर गरेको नेतृत्वदायी भूमिका अविस्मरणीय र अतुलनीय रहेको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

व्यवसायीक र उद्यमशिलताबाटै महिलाहरुलाई आर्थिक सशक्तिरकण बनाउन यो दिवसले अभिप्रेरित गर्न सकोस्   सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।ू शुभकामना सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij